2026-09-27 07:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

यूएईको मरुभूमिमा १५० वटा बिरालो अलपत्र अवस्थामा फेला

असोज २०, एजेन्सी | संयुक्त अरब इमिरेट्स (यूएई) को मरुभूमिमा करिब १५० वटा बिरालो अलपत्र छोडिएको अवस्थामा फेला परेको पशु अधिकार समूह (पेटा) ले शुक्रबार जनाएको छ ।

तेलको धनी खाडी मुलुकका अधिकारकर्मीहरूले दर्जनौं बिरालो मरेको र केहीलाई जीवितै उद्धार गरिएको बताएका छन् ।

पेटाले यूएईलाई यस ‘क्रूरताको कार्य’ को सामना गर्न आह्वान गरेको छ ।

समूहका वरिष्ठ उपाध्यक्ष जेसन बेकरले एएफपीसँग भने, ‘बिरालोलाई मरुभूमिमा फ्याँकेर तिर्खा, भोकमरी र चर्को गर्मीका कारण मार्नका लागि छोड्ने व्यक्तिबारे सूचना दिनेलाई पाँच हजार अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ ।’ 

यूएई अधिकारीहरूले बिहीबार अबुधाबीको मरुभूमिमा परित्यक्त बिरालोहरूको घटनाको अनुसन्धान सुरु गरेको घोषणा गरेका छन् । यद्यपि, उनीहरूले यी बिरालोहरू कति सङ्ख्यामा कहिले छोडिएका थिए भनेर निर्दिष्ट गरेनन् ।

यस ‘अमानवीय’ कार्यका दोषीहरूविरुद्ध सबै ‘प्रशासनिक र कानुनी उपायहरू’ प्रयोग गरिने अधिकारीहरूले बताएका छन् ।

बालुवामा पुरिएका वा मुस्किलले उभिन सक्ने बिरालोका तस्बिर र भिडियो सामाजिक सञ्जालमा शेयर भएका छन् । एएफपीले तत्काल यसको प्रामाणिकता पुष्टि गर्न सकेको छैन । 

सन् २००७ मा नयाँ कानुन लागू भए पनि यूएई पशु संरक्षणमा ‘अन्य देशभन्दा पछि परेको’ आरोप लगाउँदै बेकरले भने, “क्रूरताको यो कार्य अरू धेरैले जस्तै छिपाउनु हुँदैन ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह