2026-09-27 07:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

हमासको प्रहार आकाशमै डिस्पोज गर्न इजरायलले राखेको आइरन डोम

असोज २३, काठमाडौँ | यतिबेला प्यालेस्टाइन विद्रोही समूह हमास र इजरायलबीच युद्ध चर्किएको छ । गाजामा नियन्त्रण जमाएको हमासले गत शनिबार आकस्मिकरुपमा इजरायल प्रवेश गरेर आक्रमण थालेयता विश्वभरको ध्यान तानिएको छ ।

त्यहाँ रहेका १० नेपालीसहित थुप्रै विदेशी पछिल्लो आक्रमणमा मारिएका छन् । हमास समूहले आफ्नो क्षेत्रबाट रकेटहरु सयौँको संख्यामा प्रहार गरिरहेको छ भने बन्धुकधारीहरु पनि इजरायली शहरहरुमा प्रवेश गरेका छन् ।

बीबीसीका अनुसार पछिल्लो आक्रमण सुरु भएयता गाजाबाट ४५ सयभन्दा बढी रकेटहरु इजरायलमा प्रहार भएका छन् । ती मध्ये धेरै रकेट गन्तव्यसम्म पुग्न नपाई आकाशमै डिस्पोज भए । विद्रोहीले प्रहार गरेका रकेटहरु आकाशमै डिस्पोज गर्न इजरायलले आइरन डोम डिफेन्स सिस्टम बनाएको छ ।

बीबीसीका अनुसार हाजबोल्लाहसँगको युद्धपछि इजरायलले सन् २००६ मा आइरन डोम बनाएको हो । सन् २०११ को अप्रिल ७ तारिखमा आइरन डोमले पहिलोपटक विद्रोहीले प्रहार गरेको रकेट आकाशमा डिस्पोज गरेको थियो ।

यो सिस्टममा विद्रोहीले आफ्नो क्षेत्रमा रकेट प्रहार गर्ने वित्तीकै चाल पाउने र त्यसको बाटो पहिल्याउने सिस्टम विकाश गरिएको हुन्छ । रकेट आक्रमण गर्न खोजिएको क्षेत्र पहिचान हुन्छ र त्यसरी आएको रकेटलाई डिस्पोज गर्न जवाफी क्षेप्यास्त्र प्रहार हुन्छ ।

आइरन डोम सिस्टमले ४ किलोमिटरदेखि ७० किलोमिटरसम्मबाट प्रहार भएका रकेटहरुलाई आकाशमै डिस्पोज गर्न नदिने र क्षती हुनबाट रोक्ने सामर्थ्य राख्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह