2026-09-27 07:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

प्यालेस्टाइनको समर्थन गर्दा पोर्नस्टार मिया खालिफाले गुमाइन् जागिर

असोज २३, काठमाडौँ | हमास विद्रोहीले इजरायलमा आक्रमण गरेपछि पोर्नस्टार मिया खालिफा यतिबेला विश्व मिडियाको हेडलाइन बनिरहेकी छन् । यो तनावका बीचमा उनी प्यालेस्टाइनको समर्थनमा उत्रिएपछि यसले धेरैको ध्यान खिचेको छ ।

प्यालेस्टाइनको समर्थन गर्दा मियालाई निकै महंगो परेको छ । मिया खालिफाले आफ्नो जागिर गुमाएकी छिन।

केही समयअघि क्यानडाली प्रसारक तथा रेडियो होस्ट टोड शपिरोसँगको मियाको व्यापारिक सम्झौता भएको थियो । तर, प्यालेस्टाइनलाई समर्थन गरेपछि खलिफालाई सो सम्झौताबाट बर्खास्त गरिएको छ । खलिफासँग सहकार्य गर्न लागेको शपिरोले उनको ट्वीट देख्नासाथ तत्काल बर्खास्त गरेको प्रतिक्रिया दिएका छन् ।

उनले लेखेका छन,‘यो वास्तवमै डरलाग्दो ट्वीट हो मिया खालिफा । घृणित ट्वीट। साँच्चै भन्नुपर्दा घृणितभन्दा बाहिर । आफूलाई तुरुन्तै प्रभावकारी बनाउन सिक्नुस् । सोचलाई केही माथि उठानुहोस् र आफूलाई एउटा राम्रो मानव बनाउनुहोस् । तपाईँले मृत्यु, बलात्कार, कुटपिट र बन्धक बनाउने कुरालाई सहज रूपमा लिनुभएको छ । त्यस्ता कार्यलाई माफ गरिरहनु भएको छ । कुनै पनि शब्दले तपाईँको अज्ञानतालाई व्याख्या गर्न सक्दैन । म तपाईँ राम्रो व्यक्ति बन्नको लागि प्रार्थना गर्दछु । यद्यपि यो तपाईँको लागि धेरै ढिलो भएको जस्तो देखिन्छ ।’

प्यालेस्टाइनको समर्थन मियालाई महँगो परेको छ । ३० वर्षीया खालिफा यतिबेला आफ्नो ट्वीटकै कारण सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छिन् ।

उनले हमासको आक्रमणलगत्तै ट्वीटरमार्फत प्यालेस्टाइनको समर्थन गरेकी थिइन् ।

उनले लेखेकी थिइन्, ‘यदि तपाईँ प्यालेस्टाइनको अवस्था हेर्न सक्नुहुन्छ र प्यालेस्टिनीको पक्षमा हुनुहुन्न भने तपाईँ भेदभाव गर्दै हुनुहुन्छ र यसलाई समयले देखाउनेछ ।’

उनले पुन: दोस्रो ट्वीट गरेकी थिइन् । दोस्रो ट्वीटमा लेखिएको छ,‘म विश्वास गर्न सक्दिन कि नक्कली गुच्ची शर्ट पछाडि जियोनिस्ट भेदभाव लुकाइएको छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह