2026-09-27 07:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायल–हमास द्वन्द्व: नेपालसहित १० देशका नागरिक मारिए, केही देशका बेपत्ता

असोज २३, काठमाडौँ | प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणपछि इजरायल र प्यालेस्टिनबीच जारी द्वन्द्वमा १ हजार ५०० भन्दा धेरै मानिस मारिएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मंगलबार बिहानसम्म इजरायलतर्फ ९०० र प्यालेस्टिनतर्फ ६८७ जना मारिएका छन्। 

इजरायल र प्लालेस्टिनबीचको जारी द्वन्द्वमा ज्यान गुमाउनेमा विदेशी नागरिक समेत छन्। नेपालका १० जना विद्यार्थीले उक्त आक्रमणमा ज्यान गुमाएका छन्। इजरायल–हमास द्वन्द्वमा नेपालसहित १० देशका नागरिक मारिएका छन्। ४ देशका नागरिक बेपत्ता छन्।  

इजरायलमा ज्यान गुमाउने विदेशीमध्ये सबैभन्दा धेरै थाइ नागरिक छन्। थाइल्याण्डको विदेश मन्त्रालयले इजरायलमा आफ्ना १८ जना नागरिक मारिएको बताएको छ। थाइल्याण्डले आफ्ना केही अरु नागरिक अझै बेपत्ता रहेका पनि जनाएको छ। इजरायलमा ३० हजार जना थाइ नागरिक रहेका बताइएको छ। 

नेपालका १० जना विद्यार्थी मारिएका छन्। ४ जना घाइते भएका छन् भने १ जना नेपाली विद्यार्थी सम्पर्कविहीन छन्। 

इजरायलमा १० जना बेलायती नागरिक पनि ज्यान गुमाएको आशंका गरिएको छ। यद्यपि ज्यान गुमाउने बेलायती नागरिकको भने पहिचान खुलिसकेको छैन। अमेरिकाका पनि ९ जना नागरिकले ज्यान गुमाएको जेरुसेलम पोस्टले उल्लेख गरेको छ।  क्यानडाका १ जना नगरिक मारिएका छन् भने २ जना सक्पर्कविहीन छन्। फ्रान्सले पनि आफ्ना १ जना नागरिक (महिला) मारिएका बताएको छ। केही नागरिकहरु सम्पर्कविहीन रहेको फ्रान्स सरकारले जनाएको छ। 

यस्तै, जर्मनीकी १ जना महिला पनि आक्रमणमा मारिएकी आशंका गरिएको छ। आक्रमणमा मारिएकी भनिएको जर्मनी महिला ‘सुपरनोभा म्युजिक फेस्टिभल’मा सहभागी थिइन्। हमासको आक्रमणबाट उक्त फेस्टिभलमा सहभागीमध्ये २६० जना मारिएका विवरण सार्वजनिक भएको छ। 

१ जना चिनियाँ महिला पनि इजरायलको द्वन्द्वमा मारिएकी छन्। उनी पनि ‘सुपरनोभा म्युजिक फेस्टिभल’ मा सहभागी थिइन्। 

कम्बोडियाले पनि आफ्ना १ जना विद्यार्थी इजरायल द्वन्द्वमा मारिएको बताएको छ। ब्राजिलको सरकारले आफ्ना ३ जना नागरिक बेपत्ता भएका जनाएको छ। पाराग्वेको सरकारले आफ्ना २ जना नागरिक सम्पर्कविहीन रहेको जनाएको छ। मेक्सिकोका पनि २ जना नागरिकको अपहरण भएको बताइएको छ। 

यस्तै, आयरल्याण्डकी १ जना महिला पनि बेपत्ता छिन्। तान्जानियाले आफ्ना २ जना विद्यार्थी सम्पर्कविहीन रहेका बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह