2026-09-27 06:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मुस्लिम भन्दै अमेरिकामा ७१ वर्षीय काजुबाद्वारा २ जनामाथि छुरा प्रहार, ६ वर्षीय बालकको मृत्यु

एजेन्सी | अमेरिकामा एक व्यक्तिले दुई जनालाई मुस्लिम भएको भन्दै छुरा प्रहार गर्दा एक बालकको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् । अमेरिकाको प्लेनफिल्डमा ७१ वर्षीय जोसेफ काजुबामाथि ६ वर्षीय बालकको हत्या र ३२ वर्षीया महिलालाई घाइते बनाएको आरोप लागेको हो ।

इलिनोइस क्याभिल काउन्टी सेरिफको कार्यालयले हमास र इजरायलबिच चलिरहेको द्वन्द्वका कारण पीडितहरूलाई लक्षित गरेको बताएको छ। काजुबालाई फर्स्ट-डिग्री हत्या, फर्स्ट-डिग्री हत्याको प्रयास, घृणा अपराध र बढ्दो आक्रमणको आरोप लगाइएको छ।

विल काउन्टी शेरिफको कार्यालयले जारी गरेको एक विज्ञप्तिमा उनीहरूले शनिबार बिहान एक महिलाबाट आपतकालीन टेलिफोन प्राप्त गरे। घरधनीले आफूमाथि आक्रमण गरेको महिलाले बताइन् । महिलाका अनुसार उनी बाथरुममा लुकेकी थिइन्।

दुवै घाइतेलाई अस्पताल लगिएपनि बालकको मृत्यु भएको थियो । प्रहरी अनुसन्धानले बालकलाई २६ पटक छुरा प्रहार गरेको पाइएको छ । शेरिफको कार्यालयले भन्यो, ‘यस आक्रमणमा प्रयोग गरिएको चक्कु १२ इन्च सैन्य शैलीको चक्कु थियो जसमा सात इन्च ब्लेड थियो।’ आक्रमणमा गम्भीर घाइते भएकी महिला बाँच्ने अनुमान गरिएको छ । 

अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणबाट सुरु भएको द्वन्द्वमा हजारौँ सर्वसाधारण मारिएका छन् । इजरायलमा १४०० जनाको मृत्यु भएको छ भने गाजामा इजरायलको आक्रमणका कारण २४५० जनाको मृत्यु भएको छ भने १ हजार जना बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह