2026-10-24 08:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

रुसलाई हतियार दिएकोमा अमेरिका र दक्षिण कोरियाद्वारा उत्तर कोरियाको आलोचना

कार्तिक २३, काठमाडौँ । रुसलाई हतियार दिएकोमा अमेरिका र दक्षिण कोरियाद्वारा उत्तर कोरियाको आलोचना

आफ्नो प्रमुख सहयोगी दक्षिण कोरियाका शीर्ष अधिकारीहरूसँगको बैठकपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले युक्रेनमाथि रुसी आक्रमणमा सहयोग गर्न रुसमा हतियार पठाएकामा उत्तर कोरियाको आलोचना गरेका छन्। 

अमेरिका, दक्षिण कोरिया र जापानले हालैका सातामा युक्रेनमा रुसको सैन्य अभियानलाई अगाडि बढाउन सहयोग गरेकामा प्योङयाङको आलोचना गर्दै आएका छन् । उत्तर कोरियाले रुसमा १० लाख तोप पठाएको सोलले बताएको छ ।

जापानमा जी– ७ का विदेशमन्त्रीहरूको बैठकपछि ब्लिंकेन अहिले सोलमा छन्। उनले बिहीबार दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलसँग सोलमा भेटवार्ता गरेका छन्। ‘उहाँहरूले युक्रेनविरुद्धको युद्धमा प्रयोगका लागि उत्तर कोरियाले रुसलाई सैन्य उपकरण र युद्ध सामग्री उपलब्ध गराएकामा कडा निन्दा गर्नुभएको छ,’ राष्ट्रपति युनसँग विदेशमन्त्री ब्लिंकेनको भेटपछि अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘गाजामा सर्वसाधारणलाई मानवीय सहयोग प्रदान गर्ने दक्षिण कोरियाको प्रतिबद्धताका लागि ब्लिंकेनले राष्ट्रपति युनलाई धन्यवाद दिनुभएको छ।’

इजराइल–हमास युद्धमाथि कुराकानी गर्न मध्यपूर्वको शीघ्र भ्रमणपछि ब्लिंकेनले एसियाली मुलुकको भ्रमण गरेका हुन्। यसअघि बिहीबार ब्लिंकेनले दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चो ताए–योङसँग भेटवार्ता गरेका थिए। अमेरिकी विदेश मन्त्रालयका अनुसार युक्रेनलाई सहयोग उपलब्ध गराउने दक्षिण कोरियाको प्रतिबद्धताप्रति उनले धन्यवाद व्यक्त गरे।

पहिलाको आणविक हतियार र मिसाइल कार्यक्रम एवं युक्रेनमाथि आक्रमणलाई लिएर ऐतिहासिक सहयोगी रुस र उत्तर कोरिया दुवै अन्तर्राष्ट्रिय प्रतिबन्धको अधीनमा छन् । विशेषगरी सेप्टेम्बरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उत्तर कोरियाली नेता किम जोङ उनको शिखर वार्तापछि दुई मुलुकबीचको बढ्दो सैन्य सहयोग युक्रेन र उसका सहयोगीहरूका लागि चिन्ताको विषय बनेको छ।

अन्तरिक्षमा सैन्य जासुसी उपग्रह स्थापना गर्न सकियोस् भन्ने उद्देश्यले रुसी अन्तरिक्ष प्रविधिको बदलामा प्योङयाङले रुसलाई हतियार उपलब्ध गराइरहेको दक्षिण कोरियाले बताएको छ। टोक्योमा ब्लिंकेनले भनेका थिए, ‘प्योङयाङबाट रुसले जुन हतियार र युद्ध सामग्री प्राप्त गरिरहेको छ, त्यसको बदलामा उसले प्योङयाङलाई के प्रदान गरिरहेको छ भन्ने कुराले हामी अत्यन्त चिन्तित छौँ।’

उत्तर कोरियाले रुसलाई हतियार पठाइरहेको छ भन्ने ‘कुनै प्रमाण’ नभएको क्रेमलिनले गत महिना बताएको थियो।

‘उत्तर कोरिया र रुसबीचको यो नयाँ सहयोगलाई ध्यानमा राख्दै दक्षिण कोरियाले अमेरिकी समर्थनको प्रदर्शन र संयुक्त राष्ट्रसंघको प्रतिबन्धहरूलाई कायमै राख्नका लागि अमेरिकी प्रतिबद्धतालाई एकपटक पुनः पुष्टि गर्न चाहन्छ,’ सोल नेसनल युनिभर्सिटीका प्राध्यापक बेन्जामिन ए एंगेलले एएफपीलाई भने, ‘यो भ्रमण यस्तै गर्नका लागि डिजाइन गरिएको हो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने