2026-09-27 06:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सुगर ड्याडीबाट पैसा कसरी धुत्ने भनेर पुस्तक लेख्ने २५ वर्षीय जापानी युवती प्रहरीको फन्दामा

एजेन्सी | माई वातानाबे स्वघोषित डेटिङ स्क्यामर हुन् । सुगर ड्याडीहरूबाट पैसा कसरी धुत्ने भन्ने विषयमा उनले पुस्तक लेखेकी थिइन् । 

२५ वर्षीय वातानाबेलाई अगष्टमा सामाजिक सञ्जालमा फलोअरहरूलाई डेटिङ स्क्याम म्यानुअल बेचेको आरोपमा समातियो । अधबैँसे र बुढा पुरुषलाई कसरी फसाउने,   उनीहरूबाट सकेसम्म धेरै पैसा कसरी धुत्ने भन्नेबारे वातानाबेले गाइडबूक नै निकालेकी छिन् ।

नागोया सहरको नाका प्रहरी थानाका अनुसार वातानाबेले गएको वर्ष १० हजार येनदेखि २० हजार येनको बीचमा म्यानुअल बेच्न सुरु गरेकी थिइन् । गोप्य सिकाईका लागि उनले थप पैसा लिन्थिन् । पक्राउ पर्नुअघि वातानाबेले आफ्नो पुस्तकको २ हजारप्रति जति बेचेको जापानी सञ्चार माध्यमरुले बताएका छन् । वातानाबेकै किताब पढेर एक २० वर्षीय जापानी युवतीले आइची प्रिफेक्चरका २ पुरुषलाई १ करोड ६ लाख ५० हजार येन ठेगेपछि प्रहरीले वातानाबेबारे छानबिन सुरु गरेको थियो ।

आफूमाथि लागेको अभियोग वातानाबेले स्वीकार गरेकी छिन् । युवतीले गएको वर्ष सेप्टेम्बरमा ५० वर्षका एक पुरुषलाई २ करोड ७० लाख येन ठगेकी थिइन् । ५४ वर्षका अर्का एक पुरुषले पनि वातानाबेको खातामा ११ करोड ७० लाख येन हालिदिएको आरोप लगाएको भन्दै गएको महिना जापानी पत्रिका माइनिचीले समाचार छापेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह