2026-09-27 06:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

लागु पदार्थ तस्करी अभियोगमा भियतनाममा १८ जनालाई मृत्युदण्डको सजाय

कार्तिक २६, काठमाडौँ | भियतनाममा लागु पदार्थ तस्करीको आरोपमा दुई दक्षिण कोरियालीसहित १८ जनालाई मृत्युदण्डको फैसला सजाय दिइएको सरकारी मिडियाले बताएको छ । साम्यवादी मुलुक भियतनाममा विश्वमा सबैभन्दा कडा लागु पदार्थसम्बन्धी कानूनहरू छन् र यसको यसको कार्यान्वयन अत्यन्त गोप्य तरिकाले हुन्छ ।

सरकारी मिडियाअनुसार दक्षिण कोरियाका ६३ वर्षीय पूर्वप्रहरी अधिकारी किम सुन–सिक र अर्का ३० वर्षीय काङ सियोन–होकलाई चार दिनसम्मको सुनुवाइपछि मृत्युदण्डको फैसला सुनाइएको हो । अन्ठाउन्न वर्षीय चिनियाँ नागरिक ली तियान र कथित भियतनामी नेता ३६ वर्षीय ले हो वुलाई पनि मृत्युदण्डको सजाय दिइएको छ ।

हो चि मिन्ह सिटी पिपुल्स कोर्टअन्तर्गतको पारिवारिक तथा किशोर अदालतमा सुनुवाइपछि उक्त मामिलाका अन्य १४ जनालाई पनि मृत्युदण्डको सजाय दिइएको थियो । उक्त समूहले सन् २०२० को मे र जुनको बीचमा ‘अवैधरूपमा दुइ सय १६ किलोग्रामभन्दा बढी लागु पदार्थको भण्डार, तस्करी र कारोबार’ गरेको सरकारी समाचार साइट काङ एन न्हान डानले बताएको छ ।

समाचारमा एक सय ६८ किलोग्रामभन्दा बढी ‘सबै प्रकारका लागु पदार्थ’ बरामद गरिएको उल्लेख छ ।  वुका अनुसार लागु पदार्थको तस्करी कम्बोडियाबाट हो चि मिन्ह सिटीसम्म गरिएको थियो । उक्त सहरमा केही घरेलु प्रयोग गरिएको थियो भने अरु दक्षिण कोरिया लगिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह