2026-06-28 06:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायल-लेबनान सीमामा हिजबुल्लाह र इजरायली सेनाबीच झडप बढ्यो

कार्तिक २७, काठमाडौँ | हिजबुल्लाह नेता हसन नसरल्लाहको शनिबारको भाषणपछि लेबनान र इजरायलको सीमामा गतिविधि बढेको छ।

आइतवार, हिजबुल्लाहले इजरायली सैनिक र स्थानहरूलाई लक्षित गरी धेरै आक्रमणहरू गरेको दाबी गरेको छ।

हिजबुल्लाह समर्थित टिभी च्यानल अल मनारको रिपोर्ट अनुसार हिजबुल्लाहले उत्तरी इजरायलको डोवेभ क्षेत्रमा सवारी साधनको लस्करलाई लक्षित गरी भएको आक्रमणमा कम्तीमा छ जना इजरायली सैनिक घाइते भएको बताएको छ।


इजरायली सेनाले पनि एन्टिट्याङ्क मिसाइल आक्रमणमा आफ्ना सैनिक घाइते भएको पुष्टि गरेको छ र एक सैनिकको अवस्था चिन्ताजनक रहेको जनाएको छ । इजरायली सेनाले हिजबुल्लाहविरुद्ध जवाफी कारबाही गरेको दाबी गरेको छ ।

लेबनानी मिडिया रिपोर्टका अनुसार दक्षिणी लेबनानका धेरै नागरिक क्षेत्रमा इजरायलले आक्रमण गरेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार राति झडप सुरु भएयताकै सबैभन्दा हिंसात्मक रात भएको छ ।

आइतवार साँझ जारी एक विज्ञप्तिमा, आइडीएफले भन्यो, ‘पछिल्लो एक घण्टामा मात्र लेबनानबाट इजरायललाई लक्षित गरी १५ प्रक्षेपणहरू पहिचान गरिएको छ। चारलाई इजरायल एयर डिफेन्स सिस्टमले गोली हानेको छ भने बाँकी खुला मैदानमा खसेका छन्।

आइडीएफले जवाफमा प्रक्षेपण स्थलहरूमा तोपखानाले बमबारी भइरहेको बताएको छ।

इजरायली सेनाले उत्तरी इजरायलको मनारा क्षेत्रमा आइतबार भएको आक्रमणमा सात सैनिक सामान्य घाइते भएको जनाएको छ ।

शनिबारको आफ्नो भाषणमा हिजबुल्लाह नेता हसन नसरल्लाहले गाजामा इजरायलको आक्रमणको जवाफमा हिजबुल्लाहले इजरायली सेनामाथि आक्रमणलाई तीव्र पारेको र इजरायलको आन्तरिक क्षेत्रहरूलाई निशाना बनाएको बताए।

नसरल्लाहले इजरायलमाथि ड्रोन उडाएर खुफिया जानकारी सङ्कलन गरेको दाबी पनि गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी