2026-09-27 06:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

निकारागुवाकी सुन्दरी बनिन् मिस युनिभर्स, यस्तो थियो अन्तिम सवाल र जवाफ

मङ्सिर ३, काठमाडौँ | यस वर्षको मिस युनिभर्स प्रतियोगितामा निकारागुवाकी सुन्दरी सेनिस पलासियोसले जितेकी छन् । नेपालकी प्रतिस्पर्धी जेन दीपिका गर्रेट टप १० मा पुग्न असफल भइन् ।

९० वटा देशले भाग लिएको मिस युनिभर्सको ७२ संस्करणमा मिस निकारागुवा पलासियोले बाजी मारेकी हुन् । दक्षिण अमेरिकी देश निकारागुवाकी प्रतिस्पर्धीले ताज पहिरिएको यो पहिलो पटक हो । थाइल्यान्डकी सुन्दरी दोस्रो र अष्ट्रेलियाकी सुन्दरी तेस्रो भएका छन् ।

मिस युनिभर्सको फाइनलमा सोधिएको अन्तिम प्रश्न थियो, ‘यदि तपाईँ एक वर्ष अर्को कुनै महिलाको रूपमा बाँच्न सक्नुहुन्छ भने कसलाई र किन रोज्नुहुन्छ ?’

अष्ट्रेलियाकी सुन्दरीले आफ्नी आमाको भूमिकामा बाँच्न चाहने बताइन् । मिस थाल्ल्यान्डले मलाला युसफजाइको नाम लिइन् । मिस निकारागुवाको जवाफ भने फरक अनपेक्षित जवाफ दिएकी थिइन् । उनले मेरी वलस्टोनक्र्याफ्टको नाम लिइन्, जो महिला अधिकार अभियन्ता र महिलावादकी प्रणेता हुन् । सोही जवाफले उनलाई मिस युनिभर्सको ताज दिलायो । २३ वर्षीया पलासियोसले आमसञ्चारमा स्नातक गरेकी छन् र टेलिभिजन होस्टका रूपमा कार्यरत छिन् ।

नेपालकी गर्रेटले पहिलो ‘प्लस साइज मोडल’ का रूपमा मिस युनिभर्समा निकै चर्चा पाएकी थिइन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनलाई व्यापक हाइलाइट गरेका थिए । तर, उनले अपेक्षित सफलता पाउन सकिनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह