2026-06-23 07:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतले विश्वकप जिते समुद्री तटमा निर्वस्त्र दौडिने तेलुगु नायिकाको घोषणा

मङ्सिर ३, काठमाडौँ | भारत र अस्ट्रेलिया विश्वकप क्रिकेट २०२३ को फाइनलमा आज आइतबार भिड्दै छन् । सन् १९७५ बाट सुरु भएको आईसीसी विश्वकप क्रिकेटको १३ औँ संस्करणको फाइनल प्रतिस्पर्धामा भारत तेस्रो पल्ट विश्वकप जित्न चाहन्छ, त्यहीं अस्ट्रेलिया कीर्तिमान छैटौं पल्ट विश्वकप जित्न चाहन्छ ।

भारतीयहरु अवश्य पनि घरेलु मैदानमा आफ्नो देशले विश्वकप उचालेको हेर्न आतुर छन् । यो आतुरता उनीहरुले आआफ्नै तरिकाले पोखिरहेका छन् । अहिले सामाजिक सञ्जालमा चाहिँ तेलुगु नायिका रेखा बोजको एउटा घोषणा चर्चामा छ ।

रेखाले इन्टाग्राममार्फत एउटा ठूलो घोषणा गरेकी छन् । उनले लेखेकी छन्, ‘यदि भारतले विश्वकप जित्यो भने म भिसाखापट्नम ‘वीच’ मा निर्वस्त्र भएर दौडिनेछु ।’

उनको यो ट्विटमा प्रतिक्रियाको बाढी लागेको छ । अधिकांशले भने रेखाको आलोचना गरेका छन् । भाइरल हुन उनले यस्तो स्टन्ट गर्न खोजेको आरोप धेरैको छ ।


सन् २०११ को विश्वकपमा पनि चर्चित मोडल पुनम पाण्डेले यस्तै घोषणा गरेकी थिइन् । घरेलु मैदानमा हुने विश्वकप भारतले जितेमा आफू नांगो भएर टीमका खेलाडीहरुलाई भेट्न जाने उनको उद्घोष थियो । भारतले विश्वकप जित्यो पनि । तर, पुनमले आफ्नो वाचा पूरा गर्न सकिनन् । समाचारहरुमा आएअनुसार उनी नांगै खेलाडीहरुलाई भेट्ने तयारीमा पनि थिइन् । तर, क्रिकेट बोर्डले त्यसका लागि अनुमति नदिएपछि उनी निराश भइन् ।

अहिले रेखाले पनि आफ्नो वाचा पूरा गर्न सक्लिन् त भन्ने प्रश्न उठेको छ । कतिले चाहिँ उनले फन्डामात्रै गर्न खोजेकोले नांगिने सम्भावना नरहेको बताइरहेका छन् । उनले आफ्नो बोली पूरा गर्छिन् कि गर्दिनन् भन्ने चाहिँ आइतबारको फाइनलपछि मात्रै थाहा हुनेछ ।

पश्चिमी देशहरुमा कुनै ठूलो जीतको उत्सव मनाउँदा युवतीहरु नांगै दौडिने प्रचलन रहेको छ, जसलाई ‘स्ट्रिक’ भन्ने गरिन्छ । भारतमा भने यो निकै चुनौतीपूर्ण कार्य हो ।

रेखा बोज तेलुगु फिल्ममा आफ्नो बोल्डनेसका लागि चर्चित छिन् । उनले मंगलयम, कलाय तस्मै नमः जस्ता फिल्महरुमा अभिनय गरेकी छन् । उनी सामाजिक सञ्जालमा आफ्ना हट फोटोहरु शेयर गर्ने गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे