2026-09-27 05:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

साम अल्टमन ओपन एआईमै फिर्ता

मङ्सिर ६, काठमाडौँ | एक हप्ता लामो विवादपछि साम अल्टमन च्याट जिपिटीको माउ संस्था ओपन एआईमै फर्किएका छन् ।

ओपन एआईले एक विज्ञप्ति जारी गर्दै अल्टमन प्रमुख कार्यकारी अधिकृत सीईओकै रुपमा कम्पनीमा फर्कन लागेको बताएको छ ।

ब्रेट टेलर र लैरी समरसँगै साम पनि कम्पनीको बोर्ड सदस्य हुने छन् ।

यसअघि कम्पनीले सामलाई पदबाट हटाएको थियो । त्यसपछि उनी माइक्रोसफ्टमा आवद्ध भएका थिए । तर फेरि अहिले ओपन एआईमै फर्किएका हुन् ।

सामले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारी अनुसार उनी माइक्रोसफ्टका सीईओ सत्या नडेलासँगकै सहमतिमा ओपन एआईमा फर्किएको स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्, ‘मलाई ओपन एआईको माया छ, पछिल्ला दिनमा मैले जे गरेँ, त्यो यो टिम र मिसनलाई एकजुट राख्नका लागि थियो, म आइतबार माइक्रोसफ्टमा आवद्ध हुँदा म र मेरो टिमका लागि यो नै सबैभन्दा राम्रो बाटो हो भन्ने लागेको थियो, सत्या नडेलाको समर्थन र नयाँ बोर्डको साथमा ओपन एआईमा फिर्ता हुँदा मलाई खुसी लागेको छ ।’

ओपन एआईका संस्थापकसमेत रहेका सामलाई हटाएपछि कम्पनीमा विरोध भएको थियो । कर्मचारीले सामलाई फिर्ता ल्याउन माग गर्दै बोर्डलाई पत्र लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह