2026-09-27 05:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायली र तीन विदेशीसहित थप १७ बन्धक रिहा

मङ्सिर ११, काठमाडौं | हमासले थप १४ इजरायली र तीन विदेशी बन्धकलाई रिहा गरेपछि इजरायलले पनि आफ्नो जेलबाट ३९ प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । इजरायली सेनाले ३९ प्यालेस्टाइनीलाई जेलबाट रिहा गर्ने बित्तिकै उनीहरूले आफ्नो झण्डा फहराएका थिए । 

हमास र इजरायलबिच भएको सम्झौताअनुसार चार दिने अस्थायी युद्धविराम घोषणा गरिएको थियो, जुन शुक्रबारदेखि लागू भएको छ । सोमबार यो युद्धविरामको चौथो दिन हो। दुईबिचको युद्धविरामको अवधि थपिने देखिन्छ ।

आइतबार राति हमासले इजरायली बन्धकहरूलाई रिहा गर्ने सङ्ख्या बढाउने बदलामा युद्धविराम लम्ब्याउने प्रस्ताव गरेको थियो। प्यालेस्टाइनका एक वरिष्ठ अधिकारीका अनुसार हमासले मध्यस्थकर्ताहरूलाई थप २० देखि ४० जना बन्धकहरूलाई रिहा गर्ने बदलामा दुईदेखि चार दिनका लागि युद्धविराम लम्ब्याउन चाहेको बताएको छ।

यसपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले एक विज्ञप्तिमा सम्झौताको धारा उल्लेख गरे जस अन्तर्गत प्रत्येक थप १० जना बन्धकको रिहाइको बदलामा यो अस्थायी युद्धविराम २४ घन्टाका लागि लम्ब्याउने भनिएको थियो। उनले सहमतिको यो बिन्दुलाई ‘वरदान’ को रूपमा वर्णन गरे।

यद्यपि, उनले सम्झौता लागू हुने बित्तिकै ’अस्थायी युद्धविराम समाप्त हुन्छ, इजरायलले पूर्ण शक्तिका साथ आक्रमण गर्ने’ बताएका छन् । हमास र इजरायलबिच चलिरहेको सम्झौता अन्तर्गत, हमासले कुल ५० इजरायली बन्धकहरूलाई रिहा गर्दैछ र बदलामा इजरायलले आफ्नो जेलबाट जम्मा १५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ।

यस अवधिमा इजरायलले गाजामा कुनै आक्रमण गर्ने छैन भने चार दिनसम्म कुनै गिरफ्तारी हुनेछैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह