2026-09-27 06:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

डिसेम्बर १ देखि भारत र चीनका नागरिक भिसाबिनै मलेसिया छिर्न र ३० दिनसम्म बस्न पाउने

एजेन्सी  | मलेसियाले भारत र चीनका मानिसलाई भिसाबिनै प्रवेश र ३० दिनसम्म बस्नसक्ने सुविधा दिने भएको छ। 

यो नियम डिसेम्बर १ देखि लागू हुने बताइएको छ। 

समाचार एजेन्सी रोयटर्सका अनुसार मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आइतबार राति पिपुल्स जस्टिस पार्टी कंग्रेसलाई दिएको सम्बोधनमा उक्त घोषणा गरेका हुन्। तर, यो नियम कहिलेसम्म लागू हुन्छ, उनले खुलाएनन्।

सरकारी तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि जुनसम्म मलेसियामा ९० लाख १६ हजार पर्यटक आएका थिए, जसमध्ये झण्डै ४ लाख ९८ हजार चीन र २ लाख ८४ हजार भारत नागरिक थिए। 

तर, महामारीअघि २०१९ को सोही अवधिमा चीनबाट १५ लाख र भारतबाट ३ लाख ५४ हजार मानिस मलेसिया गएका थिए।

अब मलेसियाले पर्यटकको संख्या बढाउन यो निर्णय गरेको हो। सोही वर्ष थाइल्यान्डले पनि पर्यटन प्रवर्द्धनका लागि भारत र चीनका नागरिकलाई भिसा फ्रि इन्ट्री सुरु गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह