2026-09-27 06:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

वैकल्पिक इन्धनबाट सञ्चालित विमानद्वारा पहिलो पटक लन्डनबाट न्यूयोर्क उडान

एजेन्सी | वैकल्पिक इन्धनबाट सञ्चालित एउटा ठुलो यात्रुवाहक विमानले आज पहिलो पटक लन्डनबाट उडान भर्दैछ । भर्जिन एटलान्टिकद्वारा सञ्चालित यो विमान लन्डनको हिथ्रो विमानस्थलबाट न्यूयोर्कको जेएफके एअरपोर्टका लागि स्थानीय समयअनुसार ११:३० बजे उड्ने तय भएको छ । उक्त  विमानको लागि सरकारको समेत सहयोग उपलब्ध छ । लामो परीक्षण र विश्लेषणपछि बेलायतको नियामक निकाय  सिभिल एभिएसन अथोरिटीले यसै महिना अनुमोदन गरेपछि उक्त विमानले उडानको लागि अनुमति पाएको हो । यसमा इन्जिन निर्माता कम्पनी रोल्स रोयस र इनर्जी कम्पनी बीपीलगायतका कम्पनीको सहकारी रहेको छ ।

घरेलु फोहोर र खाना पकाउने तेलसहितका विभिन्न स्रोतबाट निर्माण गरिएको वैकल्पिक इन्धनले झन्डै ७० प्रतिशतसम्म कार्बन उत्सर्जन कम गर्ने बताइएको छ ।

यस उडानका लागि बोइङ ७८७ मा ५० टन दिगो उड्डयन इन्धन  (एसएएफ)  भरिनेछ । उड्डयन इन्धन  (एसएएफ) निर्माणको लागि ८८ प्रतिशत फोहोर तैलीय पदार्थ र बाँकी अमेरिकामा उत्पादित मकैबाट निस्किएको फोहोरको प्रयोग गरिनेछ ।

पहिलो पटक वैकल्पिक इन्धनबाट सञ्चालन गरिएको यस उडानले जीवाश्मबाट प्राप्त हुने इन्धनलाई प्रतिस्थापन गर्ने प्रबल सम्भावना रहेको  भर्जिन एटलान्टिकका प्रमुख कार्यकारी शाई वेइसले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह