2026-09-27 06:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

हमासको कब्जामा रहँदाको अनुभव: बेस्सरी भकुर्दै खान दिने, कीरा र जुम्राले टोकेर झिमिक्क गर्न नपाईने

मङ्सिर १६, काठमाडौं । अक्टोबर ७ मा प्यालेस्टाइनी समूह हमासले बमबारी सुरु गर्दै इजरायलमा हमला सुरु गर्यो । हमासले २० मिनेटको समयमा एकैसाथ ५ सय भन्दा बढी बम खसाल्दा इजरायल भग्नावशेषमा परिणत भयो । हमासको आतंककारी हमलमा परि हजारौं जनाको मत्यु हुनुका हजारौं घाइते र केही वेपत्ता भए । 

इजरायलमा हमासले आक्रमणसँगै शिशुदेखि वृद्ध मानिसहरूलाई बन्धक बनाइएको थियो । 

अहिले हमासले झण्डै एक सय जनालाई बन्धकमुक्त गरेको छ । तर, धेरै बेपत्ता छन् ।  प्यालेस्टाइनाी लडाकु संगठन र गाजाका अन्य समूहहरूले युद्धरत रूपमा कब्जा गरेको अनुमान गरिएको छ । 

हमासले आफ्नो कब्जाबाट रिहा गरेका केही नागरिकले बन्धनमा रहेको बखतका अनुभव साटेका छन् । 

बन्धक रहेका मानिसहरु अँध्यारोमा चुपचाप बस्न बाध्य छन् । थोरै रासन मात्र खुवाइने उनीहरुले बताएका छन् । यसका साथै किरा र जुम्राको हैरानी समेत खेप्नु परेको छ । 

यस्तो छ हमासमले बन्धक बनाएकाहरुको अवस्था 

हमासले गाजा क्षेत्रमा बन्धक बनाएकाहरुलाई रेडक्रस र अन्य मानवीय समूहहरूसँग भेट्न अनुमति दिइएको छैन । परिणामस्वरुप बन्धकका  आफन्तहरूले गाजामा रहेका आफ्ना प्रियजनहरूलाई के भइरहेको भन्ने थाहा पाउन सकिरहेका छैनन् । 

इजरायल र हमासबीचको सम्झौता अनुसार रिहा भएका अधिकांश महिला, बालबालिका र विदेशी कामदार रहेका छन् । बन्धकहरू विभिन्न स्थानहरूमा र विभिन्न समूहहरूको कब्जामा रहेको आशंका गरिएको छ । 

सबै बन्धकहरूलाई एकै किसिमले व्यवहार नगरिएको बताइएको छ। यद्धपी रिहा भएका हरेक नागरिकले आ–आफ्नै भोगाई बोल्दै आएका छन् । 

अस्थायी युद्धविराम सम्झौताले हालसम्म ८१ इजरायली, २३ थाई नागरिक र एक फिलिपिनोसहित १०५ नागरिकलाई हमासको बन्दीबाट मुक्त गरेको छ । इजरायलले गाजामा करिब १३७ बन्धकहरू अझै बाँकी रहेको विश्वास गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह