2026-09-27 06:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चोरेको फोन फिर्तादिँदै चोरले भन्यो : सरी, आइफोन ठानेर चोरेको थिएँ, एन्ड्रोइड रहेछ

मङ्सिर २०, काठमाडौँ | अघिल्लो महिना अमेरिकाको वाशिङटनमा एउटा चोरीको घटना भयो । एकजना व्यक्तिको अपार्टमेन्ट बाहिरबाट कारको चाबी तथा स्मार्टफोन चोरेर चोर फरार भयो । तर अचम्मै त त्यसबेला भयो जब केहीबेर पछि चोरले उक्त फोन फिर्ता दियो ।

आखिर चोरिसकेको गज्जबको फोन किन फर्काइदियो त उसले ? यसमा चोरको तर्क अनौठो थियो । उसले भन्यो,’ओहो, यो एउटा एन्ड्रोइड फोन रहेछ । यो हामीलाई चाहिँदैन । यो आइफोन पो होला भनेर हामीले चोरेका थियौँ ।’

समाचार अनुसार ती व्यक्तिले अपार्टमेन्ट परिसरमा आफ्नो कार पार्क गरिरहेका थिए । त्यहीँबेला मास्क लगाएका २ जना व्यक्ति आए, जसको हातमा बन्दुक थियो । उनीहरुले कारको चाबी तथा मोबाइल फोन र पैसा लुटेर त्यहाँबाट भागे ।

तर केहीबेरपछि चोरीहरु फेरि आए र उनको फोन फिर्ता गरे । त्यो फोन आइफोन नभै एन्ड्रोइड फोन भएकाले आफूहरुलाई नचाहिएको उनीहरुको भनाइ थियो । लुटपाटमा परेका ती व्यक्तिकी पत्नीले उक्त घटनापछि मिडियासँग कुरा गर्दै भनिन् , ‘कहिलेकाहीँ एन्ड्रोइड फोन हुनुपनि गज्जब हुँदोरहेछ ।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह