2026-07-30 02:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मुम्बई इन्डियन्सको उत्तराधिकारीमा रोहितको विकल्पमा कसरी छानिए पान्ड्या ?

पुस १, काठमाडौँ | सन् २०२२ को आईपीएल अक्सनअघि मुम्बई इन्डियन्सले अलराउन्डर हार्दिक पान्ड्यालाई रिलिज गर्‍यो । मुम्बईको उक्त निर्णयले पान्ड्या कुनै पनि टोलीमा भित्रने बाटो खुल्यो । पहिलो पटक आईपीएल खेल्न लागेको गुजरात टाइटन्सले उनीमाथि नजर लगायो ।

त्यतिमात्र होइन, कप्तानको जिम्मेवारी नै दियो । पहिलो सिजन नै गुजरात आईपीएलको विजेता बन्यो । कप्तानी गरेको पहिलो सिजन नै टोलीलाई प्रतियोगिताको उपाधि दिलाउने पान्ड्या आईपीएलमा सेन वाट्सनयता पहिलो कप्तान बने । त्यस सिजन मुम्बई प्रतियोगितामा सहभागी १० टोलीमध्ये १०औं तथा अन्तिम स्थानमा रहेको थियो ।

गत सिजन पनि गुजरातलाई फाइनलसम्म पुर्‍याएका पान्ड्या पुनः मुम्बई इन्डियन्स फर्किएका छन् । त्यतिमात्र होइन, मुम्बईले आगामी सिजनको लागि पान्ड्यालाई कप्तानको जिम्मेवारी दिएको छ । यसको मतलब आईपीएलका सर्वाधिक सफल कप्तान रोहित शर्मा मुम्बईको कप्तानबाट हटेका (हटाइएका पनि भन्न सकिन्छ) छन् । हाल भारतीय राष्ट्रिय टोलीको कप्तानसमेत रहेका शर्माविरुद्ध भएको यो निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पान्ड्या हाल सबै फर्म्याटमा भारतीय टोलीमा उपकप्तान रहेका छन् । गत एक दिवसीय विश्वकपमा भारत फाइनलसम्म पुग्दा पनि रोहित कप्तान र पान्ड्या उपकप्तान थिए ।

घरेलु मैदानमा भारतलाई उपाधि जिताउन नसकेपछि ३६ वर्षीय रोहित निराश छन् । सन् २००८ मा पहिलो पटक आईपीएल खेलेका रोहितले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० मा मुम्बई इन्डियन्सलाई आईपीएल उपाधि दिलाएका थिए । ती सबै संस्करणमा रोहित मुम्बईका कप्तान थिए । गुजरातबाट प्राप्त उपलब्धिकै कारण पान्ड्या भारतीय टोलीको नेतृत्वका लागि पनि दावेदार देखिएका छन् ।

आईपीएलमा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सले सर्वाधिक ५-५ पटक उपाधि जितेका छन् । चेन्नईले जितेका सबै अवसरमा महेन्द्रसिंह धोनी कप्तान रहेका थिए । यसको मतलब धोनी र रोहित आईपीएलका सर्वाधिक सफल कप्तान हुन् । तर, टी-२० फर्म्याटमा पछिल्लो समय रोहितको प्रदर्शन स्तरीय देखिँदैन ।

सोही कारण यसअघि कप्तानीको जिम्मेवारी दिने शर्तमा मुम्बईले पान्ड्यालाई भित्र्याएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । गत वर्ष आयोजित टी-२० विश्वकपमा रोहितले उल्लेखनीय प्रदर्शन गर्न सकेका थिएनन् । त्यहाँ उनले ६ खेल खेल्दै केवल ११६ रन बनाएका थिए । प्रतियोगितामा एउटा अर्धशतकमात्र रोहितको नाममा रहेको थियो । त्यसै वर्ष उनले आईपीएलमा खेलेका १४ खेलमा एउटा पनि अर्धशतक बनाउन सकेका थिएनन् । उनले १४ खेलमा २६८ रन जोडेका थिए ।

पछिल्लो समयमा रोहितको अनुपस्थितिमा पान्ड्याले भारतीय टोलीको कप्तानी गरिरहेका छन् । भारतले खेलेका पछिल्ला २५ टी-२० खेलमध्ये १३ वटामा पान्ड्याले कप्तानी गरेका छन् । उनलाई भारतीय टोलीमा टी-२० र एक दिवसीय फर्म्याटका लागि रोहितको उत्तराधिकारीका रुपमा हेर्न थालिएको छ । राष्ट्रिय टोलीको कप्तान बन्न सक्ने खेलाडी भएकाले पनि मुम्बईले पान्ड्यालाई उक्त जिम्मेवारी दिएको हुनसक्ने हिन्दूस्तान टाइम्सले उल्लेख गरेको छ । रोहितसामु आसन्न टी-२० विश्वकपमा ठाउँ बनाउनसमेत चुनौती रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उनले यसै वर्ष आयोजना भएको आईपीएलमा १६ खेल खेल्दै ३३२ रन जोडेका थिए । मुम्बई प्लेअफसम्म पुगेको थियो । रोहितले कप्तानी गरेका १५८ खेलमा मुम्बईले ८७ वटा जितेको छ भने ६७ वटा हारेको छ । यतिबेला टी-२० विश्वकपअघि रोहितलाई आईपीएलमार्फत आफ्नो लय देखाउनु चुनौतीपूर्ण देखिएको छ । नत्र पान्ड्याले राष्ट्रिय टोलीमा समेत उनलाई विस्थापित गर्न सक्नेछन् ।

रोहित आईपीएल इतिहासमा चौथो सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले २४३ खेलमा एक शतक र ४२ अर्धशतकसहित ६ हजार २११ रन जोडेका छन् । शीर्षस्थानमा रहेका विराट कोहलीको नाममा २३७ खेलमा ७ हजार २६३ रन रहेको छ । सन् २०१५ मा आईपीएलमा डेब्यु गरेका पान्ड्याले हालसम्म १२३ खेल खेल्दै १० अर्धशतकसहित २ हजार ३०९ रन जोडेका छन् भने ५३ विकेट हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरि आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु सेयर बजार निरन्तर ओरालोतिर रास्वपाको केन्द्रीय समिति बैठक जारी नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने, सन्दीप र सोमपाल बाहिर हुण्डी कारोबारको आरोपमा एक जना पक्राउ ट्रकले ठक्कर दिँदा एक बालकसहित ३ जनाको मृत्यु देश सबैको हो, साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ: रवि लामिछाने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ: अर्थमन्त्री वाग्ले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौदेखिको सम्पत्ति हो, यसलाई बचाउनुर्छ: गगन थापा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ