2026-09-06 05:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

आईपीएल अक्सनमा पञ्जाबले झुक्किएर गलत खेलाडी किनेपछि…

एजेन्सी | विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन (खेलाडी खरिद प्रक्रिया) मंगलबार दुबईमा सम्पन्न भएको छ । आगामी आईपीएलमा सहभागी १० वटै क्लबले अक्सनमार्फत खेलाडी खरिद गरेका छन् । अक्सनमा पञ्जाब किङ्सले भारतका खेलाडी सशांक सिंहलाई खरिद गर्यो । उनलाई पञ्जाबले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो । तर, पञ्जाबका एक पदाधिकारीले भने आफूहरुले बाध्यतावस सशांकलाई खरिद गर्नुपरेको बताएका छन् ।

पञ्जाब किङ्सको मालिकमध्येका एक नेश वाडियाले आफूहरुले झुक्किएर सशांक सिंहलाई खरिद गरेको प्रतिक्रिया दिएका छन् । ‘अक्सनका क्रममा सशांकको नाम घोषणा हुँदा झुक्किएर झण्डा माथि उठ्यो । खासमा हामी सशांकलाई खरिद गर्ने पक्षमा थिएनौँ । तत्कालै हामीले त्यो कुरा अक्सनकर्तालाई पनि बतायौं । तर, अक्सनकर्ता मल्लिका सागरले हाम्रो कुरा सुनिनन्,’ उनले भनेका छन् ।

खासमा अक्सनका क्रममा पञ्जाब नयाँ खेलाडीहरु किन्ने धुनमा थियो । सोही क्रममा पञ्जाबले आसुतोष शर्मा र विश्वनाथ सिंहलाई २०–२० लाख भारतीय रुपैयाँमा किनेको थियो । त्यसलगत्तै सशांकको पालो आयो । अक्सनकर्ताले सशांकको नाम घोषणा गरेपछि पञ्जाबको मालिकमध्येकी एक अभिनेत्री प्रिती जिन्टाले झण्डा माथि उठाइन् । यसको अर्थ थियो, पञ्जाब सशांकलाई किन्न चाहन्छ । सशांकको न्युनतम मूल्य २० लाख भारतीय रुपैयाँ तोकिएको थियो । तर, अन्य क्लबहरुले सशांकका लागि त्योभन्दा बढीको बोली लगाएनन् । अक्सनकर्ता मल्लिकाले सशांकलाई पञ्जाबले किनेको घोषणा गरिन् । त्यसपछि अक्सनकर्ताले अर्का नयाँ खेलाडी तनय त्यागराजनको नाम घोषणा गरियो ।

हो, समस्या यहीँबाट सुरु भयो । अलराउन्डर त्यागराजनको नाम घोषणा भएपछि क्यामराम्यान पञ्जाबको टेबलमा फोकस भयो । पञ्जाबको टेबलमा अन्यौलको अवस्था देखिन्थ्यो । पञ्जाबको मालिकमध्येका एक नेस वाडिया, प्रमुख प्रशिक्षक ट्रेभर बेलिस पनि अन्यौलकै अवस्थामा देखिन्थे ।

नेस वाडिया र प्रिती जिन्टाले हात उठाएर अक्सनकर्ताको ध्यान आफूतर्फ तान्न खोजिरहेका थिए । त्यसपछि अक्सनकर्ता मल्लिकाले पञ्जाबका पदाधिकारीलाई एकपछि अर्को प्रश्नको वर्षा गरिन्, ‘के भन्नुभयो ? गलत खेलाडी प¥यो रे ? तपाईँ यो खेलाडीलाई किन्न चाहनुहुन्न रे ?’

त्यसको जवाफमा पञ्जाबका मालिक वाडियाले आफूहरुले सशांकलाई खरिद गर्न नचाहेको र भुलवस खरिद गरेको जवाफ फर्काए । तर, अक्सनकर्ता मल्लिकाले अक्सन अगाडि बढिसकेकाले अब कुनै सुनुवाइ हुन नसक्ने जानकारी गराइन् । त्यसपछि पञ्जाबसँग सशांकलाई स्वीकार्नुको कुनै विकल्प बाँकी रहेन ।

खासमा अक्सनमा सशांक सिंह नाम गरेका दुईजना खेलाडी सहभागी भएका थिए । अर्का सशांक सिंह १९ वर्षीय बलर हुन् । दुबै सशांक सिंहको न्युनतम मूल्य पनि समान २० लाख भारतीय रुपैयाँ राखिएको थियो । सोही कारणले अक्सनमा पञ्जाबका पदाधिकारी झुक्किएको हुनसक्ने समाचारमा जनाइएको छ ।

पञ्जाबले झुक्किएर खरिद गरेको सशांक सिंह भने ३२ वर्षीय अलराउन्डर खेलाडी हुन् । उनी ब्याटिङ अलराउन्डर हुन् । उनले यसअघि दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादमा पनि आबद्ध भएका थिए ।

तर, उनले आईपीएलको अघिल्लो संस्करणमा मात्र ‘डेब्यू’ खेल खेलेका थिए । अघिल्लो संस्करणको आईपीएलमा उनले हैदराबादबाट १० वटा खेल खेलेका थिए । त्यतिबेला उनले खासै गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । सोही कारणले उनलाई हैदराबादले रिलिज गरेको थियो ।

यसपटक अक्सनका क्रममा पञ्जाबमात्र होइन, दिल्ली क्यापिटल्सले पनि झुक्किएर गलत खेलाडी खरिद गरेको समाचारमा जनाइएको छ । अक्सनमा दिल्लीले सुमित कुमारलाई खरिद गर्न चाहेको थियो । तर, दुई खेलाडीको नाम एउटै परेपछि झुक्किएर दिल्लीले सुमित वर्मालाई खरिद ग¥यो ।

तर, तत्कालै सौरभ गांगुली र रिकी पोन्टिङले तत्कालै आफ्नो गल्तीको बारेमा अक्सनकर्तालाई जानकारी गराए । त्यसपछि दिल्लीले पुनः सुमित वर्माको स्थानमा सुमित कुमारलाई खरिद ग¥यो । २० लाख रुपैयाँ न्युनतम मूल्य राखिएको सुमित कुमारलाई दिल्लीले एक करोड भारतीय रुपैयाँमा खरिद गरेको हो । सुमित वर्मा भने अक्सनमा बिक्री भएनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ