2026-09-27 05:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

वैज्ञानिकहरुले बनाए मृत्युको मिति ठ्याक्कै भविष्यवाणी गर्ने एआई प्रणाली

एजेन्सी | अनुसन्धानकर्ताहरुको अन्तर्राष्ट्रिय समूहले मृत्यु समेत मान्छेको जीवनमा भविष्यमा हुन सक्ने घटनाक्रमहरुको भविष्यवाणी गर्न सक्ने कृत्रिम बौद्धिकता (एआई) प्रणालीको विकास गरेका छन् । 

लाइफटूभेक नाम गरेको ट्रान्सफर्मर मोडेललाई वैज्ञानिकहरुले मान्छेको जीवनको विविध पक्षको भविष्यवाणी गर्न सक्ने निकै ठूलो डेटाको साथमा तालिम दिएका थिए । यसलाई डेनमार्क र अमेरिकाका वैज्ञानिकहरुले बनाएका हुन् ।

डेनमार्कको ६० लाख मानिसहरुको स्वास्थ्य र जनसाङ्ख्यकीय रेकर्डहरुबाट डेटा भरिएको एआई मोडललाई मान्छेको जीवनमा अब के हुन्छ भनेर भविष्यवाणी गर्न सक्ने गरी तयार पारिएको छ । यसमा जन्म मिति, शिक्षा, तलब, घर र स्वास्थ्यलगायत सबै जानकारीहरु हालिएको थियो । निर्माताहरुका अनुसार लाइफटूभेकले डेटा विश्लेषण गरेर मान्छे कहिले मर्नेछन भनेर भविष्यवाणी गर्न सक्छ । २५ देखि ६५ वर्ष उमेरका मानिसहरुको समूहमा परीक्षण गर्दा आधाजति सन् २०१६ देखि सन् २०२० को बीचमा मरेको पाइयो । एआईले को मान्छे मर्नेछ र को चाँहि जीवित रहनेछन् भनेर गरेको प्रक्षेपणको शुद्धता दर ७८ प्रतिशत थियो ।

डेटा डेनर्माकबाट मात्रै लिइएकोले यो अन्यत्रका मानिसहरुमा लागू हुन नसक्ने अनुसन्धान टोलीको प्रमुख सने लेह्म्यान युर्गेन्सेरले भने । आफ्नो एआई मोडेललाई बीमा कम्पनीहरुले प्रयोग गर्न नहुने युर्गेन्सेरको भनाई छ । लाइफटूभेक अहिले सर्वसाधारणका प्रयोगका लागि उपलब्ध छैन । 

यस्तै खालको मोडलहरु विकास भइसकेको र यसलाई ठूला कम्पनीहरुले प्रयोग गरिरहेको बताइएको छ । व्यक्ति कति समयसम्म बाच्ला भन्ने भविष्यवाणी गर्न सक्ने एआई मोडलको प्रयोगका नैतिक तात्पर्य पनि छन् । तर यस्तो भविष्यवाणीले असामयिक निधनलाई टार्न मद्दत गर्न सक्ने लाइफटूभेकका निर्माताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह