2026-09-27 05:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जेलले बन्दीमाथि निगरानी गर्न कुकुरको ठाउँमा हाँसको हुल राखेपछि…

एजेन्सी | ब्राजिलको सान्टा क्यान्टरिना राज्यमा रहेको एउटा जेलले हालै बन्दीहरूमाथि निगरानी गर्ने कुकुरहरूको समूहलाई हटाएर हाँसको हुल राखेको छ । यी हाँसहरूले बन्दी भाग्न थालेकोलगायत अनौठो खालको आवाज सुनेपछि हल्लाखल्ला गर्छन् । 

अहिलेको समयमा जेलहरूले बन्दीहरू भाग्न नसकुन् भनेर अनेकौँ उन्नत र परिष्कृत प्रविधिहरू जडान गरेका हुन्छन् । कहिलेकाहीँ उन्नत प्रविधि पनि बन्दीलाई भाग्नबाट रोक्न असफल हुन्छन् । त्यसैले यी प्रविधि बाहेक ब्याक अप एनालग डिटेक्शन प्रणाली राख्नु पनि ठिक हुन्छ ।

ब्राजिलका कयौँ जेलहरूले चाहिँ सुरक्षाकर्मी कुकुरलाई हटाएर हाँस राखेका छन् । यो उपाय प्रभावकारी हुनुको साथै सस्तो भएको बताइएको छ । हाँसको श्रवण शक्ति निकै चर्को हुन्छ । अनौठो आवाज सुन्ने बित्तिकै यिनीहरू कराउन थालिहाल्छन्  अनि मानव सुरक्षाकर्मीहरूलाई अलर्ट गराइदिन्छन् । ‘जेलमा विद्युतीय सर्भिलियन्स छ, मान्छेहरूले पनि निगरानी राखिरहेका हुन्छन्…. यसमाथि यी हाँसहरूले पनि निगरानी गरिरहेका छन्, कुकुरलाई हटाएर हाँसहरू राखिएको हो,’ जेलका निर्देशक मार्कोस रोबर्टो डि सुजाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सलाई भने । ‘राति निकै शान्त हुन्छ । दिनको बेलामा पनि जेल शान्त नै हुन्छ । राति त सन्नाटा झनै बढी हुन्छ । त्यसैले सुरक्षाका लागि हाँसको प्रयोग उपयोगी छ,’ उनले भने ।  

हाँसको हुलले जेलको भित्री पर्खाल र मुख्य बाहिरी पर्खालबीचको हिस्सामा गस्ती गर्ने बताइएको छ । कम्तिमा पनि १२ वर्षदेखि ब्राजिलका जेलहरूले बन्दीहरूलाई भाग्नबाट रोक्न हाँसमाथि निर्भर गरिरहेका छन् । साओ पाओलोको सोब्राल जेलले सन् २०११ मा शङ्कास्पद गतिविधिका लागि मानव सुरक्षाकर्मीहरूलाई सतर्क गराउन हाँसको हुल राखेपछि यो खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा हेडलाइन नै बनेको थियो । दुई वर्षदेखि चीनले पनि सीमामा आप्रवासीहरूमाथि निगरानी राख्न हाँसकै प्रयोग गरिरहेको छ । हल्ला थाहा पाउन अनि मान्छेलाई यसबारे थाहा दिन हाँसहरू कुकुर भन्दा पनि राम्रो भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह