2026-09-27 05:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ओस्कार विजेता फिल्म ‘प्यारासाइट’का अभिनेता लि सन–क्युन मृत भेटिए

पुस ११, काठमाडौँ | दक्षिण कोरियाली अभिनेता लि सन–क्युन मृत भेटिएका छन् । लि ओस्कार विजेता फिल्म प्यारासाइटमा उनको भूमिकाका लागि चर्चित थिए । ४८ वर्षीय अभिनेता बुधबार सोलको एउटा मुख्य पार्क क्षेत्रमा कारभित्र अचेत अवस्थामा भेटिएको सञ्चार माध्यमहरूले बताएका छन् । लिको मृत्यु हो कि आत्महत्या भन्ने चाँहि स्पष्ट भई नसकेको भन्दै बीबीसीले समाचार छापेको छ ।

लिले घरमा एउटा नोट लेखेर हिँडेको प्रहरीले बताएको छ । उनीमाथि अक्टोबरदेखि लागू औषध दुर्व्यसनको आरोपमा छानबिन भइरहेको थियो । स्थानीय समाचार संस्था योन्ह्यापका अनुसार सोलमा बारका एक कर्मचारीसँग बसेर उनले लागू औषध खाएका थिए । आफूले खाएको चिज गैर कानुन लागू औषध भएको थाहा नपाएको सोधपुछका क्रममा लिले भनेका  थिए । बारकी ती कर्मचारीले भने लिले आफ्नो घरमा कयौं पटक लागू औषध खाएको प्रहरीलाई भनेकी थिइन् । यो आरोपको लिले खन्डन गरेका थिए ।

उनले आफ्नो वकिलमार्फत लाइ डिटेक्टर  परीक्षण गराउन अनुरोध समेत गरेका थिए । लिको लागू औषध परीक्षणको नतिजा भने नकारात्मक वा अपुरो आएको थियो । अनुसन्धानको बीचमा लिको मृत्युको घटनाबाट प्रहरीहरू पछुतो मानिरहेका छन् । अनुसन्धान लिकै अनुमतिमा भएको बताइएको छ । लि २२ वर्षदेखि अभिनयमा संलग्न थिए । पछिल्लो समय दक्षिण कोरियाले लागू औषध विरुद्ध कारबाही तीव्र पारेको थियो । यस मामिलामा अन्य केही सेलिब्रेटीहरु पनि मुछिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह