2026-07-30 02:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायलद्वारा आफ्ना नागरिकलाई दिल्लीमा भ्रमण नगर्न सुझाव जारी

पुस ११, काठमाडौँ | नयाँदिल्लीस्थित इजराइली दूतावास नजिकै मङ्गलबार बम विस्फोट भएपछि इजराइलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेष गरी नयाँदिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान सुझाव दिएको छ । 

दिल्ली प्रहरीलाई मङ्गलबार आएको फोनमा मङ्गलबार साँझ चाणक्यपुरी कूटनीतिक क्षेत्रमा इजराइली दुतावास नजिकै विस्फोट भएको जानकारी दिइएको थियो । 

विस्फोटपछि दूतावास नजिकै इजराइली राजदूतलाई सम्बोधन गरिएको पत्रसमेत भेटिएको थियो । दिल्ली प्रहरीले फरेन्सिक प्रमाणका लागि सान्दर्भिक प्रमाण पठाएको छ । 

भारतका लागि इजराइली उपराजदूत ओहद नकास कायनारले दूतावासका कर्मचारी र कूटनीतिज्ञहरू सुरक्षित रहेको र आफ्नो सुरक्षा दलले घटनाबारे अनुसन्धान गरिरहेको मङ्गलबार बताएका थिए। 

इजराइली राष्ट्रिय सुरक्षा परिषद्ले बम विस्फोटलाई सम्भवतः आक्रमणको स्वरूप भएको बताएको छ । भारतमा बसोबास गर्ने इजराइलीहरूलाई परिषद्ले सल्लाह दिँदै भनेको छ, ‘भिड हुने स्थान (मल, बजार) तथा पश्चिमी-यहुदीले प्रयोग गर्ने स्थानतर्फ नजान प्रयास गर्नुहोला ।’ 

परिषद्ले इजराइलीहरूलाई बाहिरी आक्रमणबाट बच्नका लागि रेस्टुरेन्ट, होटल तथा बारसहित धेरै सार्वजनिक स्थानमा नजान तथा कार्यक्रममा भाग नलिन पनि आग्रह गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरि आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु सेयर बजार निरन्तर ओरालोतिर रास्वपाको केन्द्रीय समिति बैठक जारी नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने, सन्दीप र सोमपाल बाहिर हुण्डी कारोबारको आरोपमा एक जना पक्राउ ट्रकले ठक्कर दिँदा एक बालकसहित ३ जनाको मृत्यु देश सबैको हो, साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ: रवि लामिछाने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ: अर्थमन्त्री वाग्ले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौदेखिको सम्पत्ति हो, यसलाई बचाउनुर्छ: गगन थापा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ