2026-09-27 05:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

२०२३ मा ७ करोड ५० लाख बढ्यो विश्वको जनसंख्या, २०२४ मा कति ?

एजेन्सी | आज सन् २०२३ को अन्तिम दिन अर्थात न्यू इयर इभ । आज सम्पूर्ण विश्व सन् २०२३ लाई विदाइ गर्दैछ भने भोलिदेखि हामी नयाँ वर्ष २०२४ को स्वागत गरिरहेका हुनेछौं ।

यसैबीच, सन् २०२३ मा विश्वको जनसंख्या सात करोड ५० लाख बढेको तथ्यांक सार्वजनिक भएको छ । योसंगै अब सन् २०२४ मा विश्वको जनसंख्या बढेर आठ अर्बभन्दा बढी हुने अनुमान गरिएको छ ।

अमेरिकी जनगणना ब्यूरोद्वारा केही दिनअघि जारी गरिएको तथ्यांक अनुसार सन् २०२३ मा विश्वभरीमा भएको जनसंख्या वृद्धि दर एक प्रतिशत भन्दा कम रहेको छ ।

सन् २०२४ को प्रारम्भमा विश्वभरीमा हरेक सेकेन्डमा ४.३ मानिसको जन्म हुँदा प्रत्यक दुई जनाको मृत्यु हुने अनुमान रहेको छ ।

अमेरिकामा जनसंख्या वृद्धिदर पछिल्लो वर्ष ०.५३ प्रतिशत थियो, जुन संसारभरीको वृद्धि दरभन्दा आधा रहेको छ । अमेरिकाको जनसंख्या यो वर्ष १७ लाख बढी र नयाँ वर्षमा यसको कुल जनसंख्या ३३ करोड ५८ लाख हुनेछ ।

बु्रकिङ्स इन्स्टिच्यूटका जनसंख्यिकी विशेषज्ञ विलियम फ्रे भन्छन् – ‘जनसंख्यामा वृद्धिमा अहिलेको गति यदि यो दशकको अन्त्यसम्म यथावत रह्यो भने २०२० को दशक जनसंख्यामा वृद्धिको हिसाबले अमेरिकी इतिहासमा सबैभन्दा सूस्त गतिको दशक हुन सक्छ । त्यस्तै २०२० देखि २०३० सम्म १० वर्षको अवधिमा वृद्धि दर चार प्रतिशत भन्दा कम रहन सक्छ ।’

२०२४ मा संयुक्त राज्य अमेरिकामा प्रत्येक नौ सेकेण्डमा एक जन्म र हरेक ९.५ सेकेन्डमा एक मृत्यु हुने अपेक्षा राखिएको छ । यद्यपि माइग्रेशनले जनसंख्यालाई कम हुनबाट रोक्ने अनुमान गरिएको छ । नेट इन्टरनेशनल माइग्रेशनबाट प्रत्यक २८.३ सेकेन्डमा अमेरिकी जनसंख्यामा एक व्यक्ति जोडिने अपेक्षा रहेको छ । जन्म, मृत्यु र शुद्ध अन्तराष्ट्रिय प्रवासनको यो संयोजनले अमेरिकामा जनसंख्या वृद्धि गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह