2026-09-27 05:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विमानस्थलमा ल्याण्ड गर्ने क्रममा रहेको जापान एअरलाइन्सको विमानमा आगलागी

पुस १७, काठमाडौँ | जापानको राजधानी टोकियोमा रहेको हानेदा अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा रहेको विमानमा आगो लागेको छ ।

होक्काइदोस्थित चितोसे विमानस्थलबाट हानेदा विमानस्थलका लागि उडेको जापान एअरलाइन्सको विमानमा आगो लागेको हो । हानेदा विमानस्थलबाट उडान भर्न लागेको जापान कोस्ट गार्डको विमानसँग ल्याण्ड गर्नेक्रममा रहेको उक्त विमान ठोक्किएको थियो ।

धावनमार्गमा ल्याण्ड गर्नासाथ उक्त विमानमा आगलागी भएको समाचार स्रोतहरूलाई उद्दृत गर्दै जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । विमानमा सवार ४०० भन्दा बढी यात्रु सुरक्षित रहेको समाचारमा उल्लेख गरिएको छ ।

जापान एअर लाइन्सको विमान आगलागीबाट ध्वस्त भएता पनि कुनै मानविय क्षति नभएको समाचारमा उल्लेख गरिएको छ । जापान कोस्ट गार्डको बिमानमा चालक दलका सदस्यसहित ६ जना सवार रहेको र पाइलट घाइते भएको टीबीएस टेलिभिजनले जनाएको छ ।

सरकारी अधिकारीहरूका अनुसार बाँकी ५ जनासँग सम्पर्क हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह