2026-10-24 05:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

किम जङ-अनकी छोरी नै उत्तर कोरियाको सम्भावित उत्तराधिकारी : दक्षिण कोरियाली गुप्तचर निकाय

एजेन्सी | उत्तर कोरियाका नेता किम जङ-अनकी छोरी उनकी “सम्भावित” उत्तराधिकारी भएको दक्षिण कोरियाली गुप्तचर निकायले जनाएको छ। उत्तर कोरियामा क्षेप्यास्त्र परीक्षण र सैन्य परेड हुँदा किम जू-ए आफ्ना पितासँगै उपस्थित हुने गरेकी छन्। किम जू-ए उत्तर कोरियाका शासककी माहिली छोरी हुन्। उनको उमेर १० वर्ष भएको ठानिएको छ।

दक्षिण कोरियाको गुप्तचर निकाय ‘न्याश्ननल इन्टेलिजन्स सर्भिस’ले किम जू-‍ए उत्तर कोरियाली नेता किमकी उत्तराधिकारी हुने कुरा पहिलो पटक भनेको हो। यद्यपि उक्त निकायले नेतृत्वको उत्तराधिकारसँग सम्बन्धित प्योङ्याङका “सबै सम्भावित योजना” आफूले नियालिरहेको जनाएको छ। किम जू-ए सन् २०२२ को अन्त्यतिर पहिलो पटक सार्वजनिक समारोहमा देखा परेकी थिइन्। त्यसपछि उनी चर्चामा रहँदै आएकी छन्।

“पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएपछि किम जू-एका सार्वजनिक गतिविधि र उनले प्राप्त गरेको सम्मानको विस्तृत विश्लेषणका आधारमा अहिले उनी सबैभन्दा सम्भावित उत्तराधिकारी हुन्,” न्याश्ननल इन्टेलिजन्स सर्भिसले भनेको छ।

“तर हामी सबै सम्भावना नियाल्दै छौँ किनभने किम जङ-अन अझै युवा छन्, उनको स्वास्थ्यमा ठूलो समस्या छैन र अरू धेरै परिवर्तनशील कुराहरू छन्।”

गत महिना आयोजित एउटा पत्रकार सम्मेलनमा दक्षिण कोरियाका एक मन्त्रीले पनि उत्तर कोरियाली नेताको सम्भावित उत्तराधिकारीबारे उस्तै आकलन गरेका थिए।

“किम जङ-अनकी छोरीलाई निरन्तर महत्त्व दिइनुलाई उत्तर कोरियाले विषम आन्तरिक अवस्थाका बीच चाँडोचाँडो उत्तराधिकारको उद्देश्य खुलाउन खोजेको प्रमाण मान्न सकिन्छ,” एकीकरणसँग सम्बन्धित मामिला हेर्ने मन्त्री किम युङ-होले भनेका थिए।

उत्तर कोरियाबारे चासो राख्ने पर्यवेक्षकहरूले किम जू-एलाई सन् २०२२ को नोभेम्बर महिनामा पहिलो पटक सार्वजनिक गरिएपछि अहिले किमकी “प्रिय” छोरीको साटो “सम्मानित” छोरी भनेर सम्बोधन गरिनु अर्थपूर्ण मानेका छन्।

उत्तर कोरियामा वरिष्ठतम व्यक्तिलाई मात्र “सम्मानित” विशेषण प्रयोग गरिन्छ। यसअघि उत्तराधिकारी बन्ने निश्चित भएपछि मात्र किमलाई “सम्मानित कमरेड” भन्न थालिएको थियो।

उत्तर कोरियामा वरिष्ठतम व्यक्तिलाई मात्र “सम्मानित” विशेषण प्रयोग गरिन्छ। यसअघि उत्तराधिकारी बन्ने निश्चित भएपछि मात्र किमलाई “सम्मानित कमरेड” भन्न थालिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने