2026-09-27 04:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अब हावामै मोबाइल चार्ज

एजेन्सी | अमेरिकाको लास भेगासमा जारी कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस)मा प्रविधि कम्पनीहरूले नयाँ नयाँ प्रविधि सार्वजनिक गरिरहेका छन् । प्रदर्शनीको तेस्रो दिनमा चिनियाँ कम्पनी ट्राशन होल्डिङ्सको सहायक कम्पनी इन्फ्लिक्सले हावामै मोबाइल चार्ज गर्न सकिने प्रविधि प्रदर्शन गरेको छ ।

यो प्रविधिमा फोनलाई चार्ज गर्न चार्जिङ केबल चाहिन्न । यो चार्जिङ प्रविधिले मल्टी क्वाइल म्याग्नेटिक रेजोनेंस र एडप्टिभ एल्गोरिदमको प्रयोग गर्छ । यसमा २० सेमी टाढा र ६० डिग्री एंगलसम्म डिभाइस चार्ज हुन्छ । यो प्रविधि ६.७८ मेगाहर्जभन्दा तल चल्छ । यसको चार्जिङ पावर ७.५ वाटसम्म हुन्छ । यसमा युजरहरूले गेम खेलिरहेको बेलामा पनि भिडियो चलाउँदै सजिलैसँग फोन चार्ज गर्न सक्छन् ।

कम्पनीले सीईएसमा आफ्ना दुई नयाँ प्रविधि ई–कलर सिफ्ट र एक्सट्रिम टेम्प ब्याट्री कन्सेप्ट डिभाइस पनि प्रदर्शन गरेको छ । कम्पनीले ई–कलर सिफ्टलाई ई–लिंक प्रिज्म नाम दिएको छ । यसले बिजुली प्रयोग नगरीकन स्मार्टफोनको प्यानल कलरलाई चेन्ज गराउँछ । कम्पनीले ल्याएको अर्को प्रविधि चाहिँ एक्सट्रिम टेम्प ब्याट्री कन्सेप्ट अर्थात् अति चिसो वा अति तातो वातावरणमा पनि  ब्याट्रीमा समस्या नदेखिने प्रविधि हो । यो ब्याट्रीले अति चिसो र अति गर्मी स्थितिमा ब्याट्रीमा देखिने समस्यालाई पनि सम्बोधन गरेको छ । यो प्रविधिका कारण माइनस ४० डिग्रीसम्म पनि ब्याट्रीले काम गर्न सक्ने कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह