2026-09-27 04:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

एलन मस्कले गराए मानव मष्तिष्कमा चिप प्रत्यारोपण

माघ १६, न्युयोर्क। पहिलो पटक मानव मष्तिष्कमा चीप हालिएको छ । एलन मस्कको न्यूरालिंकले पहिलो पटक गरे मानव मस्तिष्कमा ब्रेन चिप प्रत्यारोपण गरेको हो ।

स‌सारमा नै पहिलो पटक मस्कको कम्पनी ‘न्यूरालिङ्क’ले मानव मस्तिष्कमा चिप जडान गरेर नयाँ तहल्का मच्चाएको हो । जसका कारण टेस्ला र टविटरकाा मालिक एलन मस्क आफ्नो नयाँ कम्पनी न्यूरालिङ्कको साथ एकपटक फेरि चर्चामा आएका छन्। 

उनको स्टार्टअप  ‘न्यूराेलिङ्क’ ले पहिलो मानव बिरामीमा मस्तिष्क प्रत्यारोपण गरेको हो । एलोन मस्कले मंगलबार यो जानकारी दिएका  हुन  । उनले भनेका छन ‘न्यूरालिंक स्टार्टअपले आफ्नो पहिलो मानव बिरामीमा मस्तिष्क प्रत्यारोपण गरेको छ। पहिलो पटक मानवमा न्यूरालिंकबाट गरिएकाे चिप प्रत्यारोपणले सफलता प्राप्त गरेको छ । मस्कले ट्विटर गर्दै अगाडी लेखेका छन, ‘प्रारम्भिक परिणामहरू आशाजनक छन ।’ 

सन् २०१६ मा मस्कले सह स्थापना गरेको न्यूरो टेक्नोलोजी कम्पनीले मस्तिष्क र कम्प्युटरबीच प्रत्यक्ष सञ्चार च्यानल सिर्जना गर्ने लक्ष्य राख्ने घोषणा गरेका थिए । न्यूरालिंकको टेक्नोलोजीले मुख्य रूपमा ‘लिंक’ नामक इम्प्लान्टमार्फत काम गर्नेछ । पाँच सिक्काको साइजको यन्त्र जसले शल्यक्रियामार्फत मानव मस्तिष्कमा राखिने छ र त्यसले काम गर्न सुरु गर्नेछ ।

कम्पनीले गत वर्ष जारी गरेको विज्ञप्तिमा मानिसमा मस्तिष्क प्रत्यारोपण परीक्षण गर्न अमेरिकी नियामकहरूबाट स्वीकृति प्राप्त गरेको जानकारी दिइएको थियो । यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले यसलाई मानवमा क्लिनिकल परीक्षणको लागि हरियो संकेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह