2026-09-27 04:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

८९० फीट आकारको क्षुद्र ग्रह आज पृथ्वीको नजिक भएर गुज्रदै, नासाका बैज्ञानिक सर्तक

माघ १९, न्युयोर्क | एउटा क्षुद्रग्रह हाम्रो पृथ्वीको नजिक आउँदैछ । यी आकाशीय चट्टानहरूले वैज्ञानिकहरूलाई सतर्क राख्छन् किनकि यदि कुनै क्षुद्रग्रह हाम्रो ग्रहसँग ठोक्किएमा यसले ठूलो मात्रामा विनाश निम्त्याउने सक्छन । क्षुद्रग्रहको ठक्करबाट भएको विनाशका कारण करोडौं वर्ष अघि पृथ्वीबाट डायनासोर मेटिएको वैज्ञानिकहरूले विश्वास गर्दै आएका छन् । तर, फेब्रुअरी २ तारिखमा एउटा विशाल क्षुद्रग्रह पृथ्वीको नजिकबाट गुज्रिने भएको छ ।

क्षुद्रग्रह २००८ ०एस ७ अर्को केही दिनमा पृथ्वीको नजिक आउने क्षुद्रग्रहहरूमध्ये सबैभन्दा ठूलो हो। नासा जेपीएलका अनुसार यो फेब्रुअरी २ मा २८ लाख ५० हजार किलोमिटरको दुरीमा हाम्रो ग्रहको नजिकबाट जान्छ। ८९० फीट आकारको क्षुद्र ग्रह एउटा इनडोर स्टेडियमको आकार जत्रै रहेको छ । तर, यो पृथ्वीसँग ठोक्किने सम्भावना भने छैन । तर, यो पृथ्वीबाट धेरै टाढा नगएसम्म वैज्ञानिकहरूले यसमा नजर भने राख्ने छन्।

फेब्रुअरी २ मा दुई अन्य क्षुद्रग्रहहरू पनि पृथ्वीको नजिक आउँदैछन्। तिनीहरूको आकार एक विमान बराबर हुन सक्छ। जसमध्ये क्षुद्रग्रह (२०२४ बीजे ३) को आकार करिब ७१ फिट रहेको छ र यसले ८ लाख ५७ हजार किलोमिटरको दुरीमा हाम्रो ग्रह पार गर्नेछ।

नासाका अनुसार क्षुद्रग्रहलाई माइनर ग्रह पनि भनिन्छ। जसरी हाम्रो सौर्यमण्डलका सबै ग्रहहरू सूर्यको वरिपरि घुम्छन्, त्यसैगरी क्षुद्रग्रहहरू पनि सूर्यको वरिपरि घुम्छन्। क्षुद्रग्रहहरू ४.६ बिलियन वर्ष पहिले हाम्रो सौर्यमण्डलको प्रारम्भिक गठनदेखि बाँकी रहेका चट्टानी अवशेषहरू हुन्। वैज्ञानिकहरूले हालसम्म ११ लाख १३ हजार ५२७ क्षुद्रग्रह पत्ता लगाएका छन् ।

अधिकांश क्षुद्रग्रहहरू मुख्य क्षुद्रग्रह बेल्टमा पाइन्छ। यो मंगल र बृहस्पतिको बीचमा छ। तिनीहरूको आकार १० मिटर देखि ५३० किलोमिटर सम्म हुन सक्छ। अहिलेसम्म पत्ता लागेका सबै क्षुद्रग्रहहरूको कुल पिण्ड पृथ्वीको चन्द्रमाको भन्दा कम छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह