2026-09-27 03:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मिस जापान घोषित भएको २ हप्तामै कारोलिनाले त्यागिन् उपाधि

माघ २३, टोकियो | मिस जापानले आफ्नो उपाधि त्यागेकी छिन् । एक विवाहित पुरुषसँग अन्तरङ्ग सम्बन्धबारे एक पत्रिकाले खबर छापेपछि २६ वर्षिया कारोलिना शिनोले उपाधि त्यागेकी हुन् । कारोलिनालाई जनवरी २२ मा मिस जापान घोषित गरिएको थियो । उपाधि चुमेको २ हप्तामै उनले सो उपाधि फिर्ता गरिदिएकी छिन् ।

युक्रेनी मूलकी युवतीलाई मिस जापान बनाइएको भन्दै जापानभर यस पटकको मिस जापानको निकै आलोचना भएको थियो । यस्तै विवादबिच शुकान बुनशुनले नाम नखुलाइएको विवाहित इन्फ्लुएन्सर र डाक्टरसँग शिनाको सम्बन्ध रहेको भन्दै समाचार छापेको थियो । अहिलेसम्म ती पुरुषले सार्वजनिक रूपमा शिनोसँगको सम्बन्धबारे मुख खोलेका छैनन् ।

शिनोको बचाउ गर्दै सौन्दर्य प्रतियोगिता आयोजकले ती पुरुष विवाहित रहेको उनलाई थाहा नभएको बताएको थियो । पत्रिकाले खबर छापेपछि शिनोले आयोजकहरूलाई भ्रममा राखेको र आफूलाई समर्थन गर्नेहरूको चित्त दुखाएकोमा माफी मागेकी थिइन् । उनले मिस जापान एशोसियशनसमक्ष आफ्नो राजीनामा दिँदै क्राउन पनि फिर्ता दिइसकेकी छिन् । यो वर्षभर मिस जापानको उपाधि रिक्त रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह