2026-09-27 03:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इक्वेडरमा २८ बर्षिया काउन्सिलरको गोली हानी हत्या, पुरै देश शोकमा

माघ २७, इक्ववेडर |  इक्वेडरमा एक जना काउन्सिलरको गोली हानी हत्या गरिए पछि पुरै देश शोकमा डुबेको छ ।  

गुयासको नारञ्जलमा सडकको खराब अवस्थाबारे भिडियो खिच्दै गर्दा २९ वर्षीया डायना कार्नेरोमाथि आक्रमण भएको थियो । मोटरसाइकलमा आएका दुई संदिग्धहरूले डायनाको टाउकोमा गोली हानेका थिए।

प्रहरीले भने,  ‘मोटरसाइकलमा आएर दुईजना शंकास्पद व्यक्तिले उनको टाउकोमा गोली हानेर भागेका थिए ।’ त्यसपछि उनलाई हतार हतार अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनामा हालसम्म कसैलाई पक्राउ नगरेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डायनाको हत्याले देशभर शोकको लहर ल्याएको छ।

पूर्व राष्ट्रपति राफेल कोरियाले पोस्ट गरे, ‘डायना मात्र २९ वर्षकी थिइन्। यो एक दुःस्वप्न जस्तै छ। जब तपाईंका छोराछोरीहरू यो उमेरका हुन्छन्, तपाईंले बुझ्नुहुन्छ कि तिनीहरूका आमाबाबुले यस समयमा के गुज्रिरहेका छन्।’

ग्वायाकिलका डेपुटी मेयर ब्लान्का लोपेजले पनि ट्विटरमा लेखेका छन, ‘यसको अन्त्य हुनैपर्छ, हाम्रा क्यान्टोन, प्रान्त र देशका लागि राम्रो दिन चाहनुको मतलब हाम्रो जीवनलाई जोखिममा पार्नु हुँदैन।’

डायना कार्नेरोको मृत्यु राजनीतिक हिंसाको श्रृंखलामा नयाँ घटना हो। संगठित अपराध समूहहरूद्वारा हुने हिंसा बढ्दै गएपछि राष्ट्रपति ड्यानियल न्गोबोआले गत महिना देशमा सङ्कटकालको घोषणा गरेका थिए। ती अपराधिक समुहले राति ११ बजे पछि जो कोही बाहिर भेटिएलाई ‘फाँसी’ दिइने चेतावनी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह