2026-09-26 08:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पाकिस्तान: नवाज सरिफ र बिलाबल भुट्टाे मिलेर सरकार बनाउने सम्भावना

माघ २७, इस्लामबाद | पाकिस्तानमा पछिल्ला केही चुनावी नतिजाहरूमा कसैले स्पष्ट बहुमत पाउन सकेका छैनन, यद्दपी सरकार गठनका लागि प्रयास भने सुरू भइसकेको छ । 

पछिल्ला केही दिनदेखि देशको राजनीतिमा आम चुनावमा जेलमा परेका पूर्व प्रधानमन्त्री इमरान खानका वफादार स्वतन्त्र उम्मेदवारहरूले कडा प्रदर्शन गरिरहेका छन्।

पाकिस्तानमा २६५ सिटका लागि चुनाव भएको थियो । बहुमतका लागि १३३ सिट आवश्यक छ । अहिलेसम्म इमरान खानको पार्टीले समर्थन गरेका स्वतन्त्र उम्मेदवारले ९१ सिट प्राप्त गरेका छन्  भने नवाज सरिफको पीएमएल–एनले ७१ सिट र बिलावल भुट्टोको पीपीपीले ५४ सिट ल्याएको छ । अन्य दलले ३५ सिटमा जीत हासिल गरेका छन । अझै १५ सिटको मतगणना बाहिर आउन बाँकी रहेको छ ।

तर, जियो न्यूज रिपोर्टका अनुसार पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) केन्द्र र पञ्जाबमा गठबन्धन सरकार बनाउन सहमत भएका छन्। 

केन्द्र सरकारको तहमा पनि दुई समुहका बीच सहमति भइसकेको छ । पीएमएल–एनका अध्यक्ष शहबाज सरिफले पीपीपीका अध्यक्ष बिलावल भुट्टो र पूर्व राष्ट्रपति आसिफ अली जरदारीलाई भेटेर पाकिस्तानका लागि मिलेर काम गर्न निम्तो दिएका छन्।

उता, इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफले इस्लामावादको तीन सिटको नतिजामाथि प्रश्न उठाएको छ । यी सिटको नतिजालाई चुनौती दिँदै पीटीआई उच्च अदालत पुगेको छ । छिट्टै निवेदन दायर गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह