2026-09-27 03:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

लुफथान्साको जहाजमै ह्वालह्वाली रगत बगेर एक यात्रुको मृत्यु

एजेन्सी | लुफथान्साको जहाजमा ह्वालह्वाली रगत बगेर ६३ वर्षीय वृद्धको मृत्यु भएको छ।

बिहीबार आफ्नी श्रीमतीसँग थाइल्यान्डको बैंककबाट जर्मनीस्थित म्युनिख जाँदै गरेका उनको अत्यधिक रक्तश्रावका कारण  मृत्यु भएको बिजनेश इन्साइडरले जनाएको छ।

स्वीट्जरल्याण्डका नर्सिङ विशेषज्ञहरू मार्टिन र करिन मिसफेल्डर पनि उनीहरू बसेकै पंक्तिमा बसेका थिए। मिसफेल्डरका अनुसार जहाज चढ्नेबेलामै वृद्ध अस्वस्थ देखिएका थिए। 

‘उनलाई पसिना आइरहेको थियो र उनले छिटोछिटो स्वास फेरिरहेका थिए,’ उनले भनिन्। 

वृद्धकी श्रीमतीले हतारमा दौडिएर फ्लाइटमा पुगेको हुँदा त्यस्तो भएको बताएकी थिइन्। चालकदल सदस्यहरूले उनलाई फ्लाइटमा राख्न हिचकिचाए पनि पछि फ्लाइटमा राखिएको थियो। 

तर जहाज उडिसक्दा पनि वृद्धको स्वास्थ्यमा सुधार नभएपछि करिन मिसफेल्डरले चालक दललाई फ्लाइटमा कोही डाक्टर भए/नभएको बुझ्न अनुरोध गरेकी थिइन्। 

क्याप्टेन आफैंले आएर ती वृद्धसँग कुराकानी गरेपछि लाउडस्पिकरमा आह्वान गरी डाक्टर बोलाइएको थियो। 

अन्दाजी ३० वर्षीय पोल्यान्डका डाक्टर उक्त फ्लाइटमा उपस्थित थिए। डाक्टरले वृद्धको उपचार गरेको केहीबेरमै स्थिति झन् खराब हुँदै गएको मिसफेल्डरले बताएकी छन्। 

‘उनीहरूले चिया दिएका थिए, तर श्रीमतीले बोकेको झोलामा उनले रगत छाडे,’ उनले भनिन्। त्यसपछि उनको नाक र मुखबाट ह्वालह्वाली रगत बग्न थालेको थियो। 

उक्त घटनापछि जहाजमा कोलाहल मच्चिएको थियो। अधिक रक्तश्राव भएपछि केहीबेरमै उनले प्राण त्यागेका थिए।

बिहीबार बिहान १२:०७ मा उडेको उक्त जहाज वृद्धको मृत्यु भएपछि बैंकक अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरिएको थियो।

बिजनेश इन्साइडरले यस घटनाबारे लुफथान्सा एयरलाइन्ससँग सम्पर्क गरेको खोजेको थियो। यद्यपि एयरलाइन्सले प्रतिक्रिया जनाएको थिएन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह