2026-09-27 03:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

नेदरल्यान्ड्सको पूर्वप्रधानमन्त्री र पत्नीले सँगै लिए ‘इच्छा मृत्यु’

फागुन २, आम्सटर्म | नेदरल्यान्ड्सका पूर्वप्रधानमन्त्री ड्राइस भान एग्ट र उनकी श्रीमती युजीन कानूनी इच्छा मृत्युबाट निधन भएको छ । दुवै जना लामो समयदेखि बिरामी थिए ।

चिकित्सकको सहयोगमा दुवैले अन्तिम सास फेरेका छन् र अन्तिम क्षणसम्म एकअर्काको हात समातेर साथ दिएको घटनाले यतिखेर नेदरल्याण्डमा शोकको अवस्था छ ।  नेदरल्याण्ड्सको एक कानूनी अधिकार संगठनका अनुसार उनीहरुलाई नजिकैको चिहानमा गाडिएको थियो ।

यूजीनले आफ्नो पूर्व पत्नीलाई धेरै माया गर्थे। केही वर्षअघि युजीनले भनेकी थिइन्– उनी अझै पनि मलाई मेरी केटी भन्छन् ।

श्रीमान एग्ट १९७७ देखि १९८२ सम्म नेदरल्याण्ड्सको प्रधानमन्त्री थिए। उनी क्रिस्चियन डेमोक्रेट पार्टीका सदस्य थिए। नेदरल्यान्ड्समा सन् २००० मा इच्छामृत्युलाई कानुनी मान्यता दिइएको थियो। यसअन्तर्गत  ‘निको नहुने रोगबाट पीडित वा स्वास्थ्यमा सुधारको सम्भावना नभएको’ व्यक्तिले इच्छा मृत्युका लागि अनुरोध गर्न सक्नेछन् ।

मिडिया रिपोर्टका अनुसार ६८ वर्ष सँगै बसेपछि एग्ट र युजीनले आफ्नो मृत्युको समय र दिन आफैं तय गरेका थिए । यस अवधिमा चिकित्सकहरूको प्यानल उपस्थित थियो। 

एग्गेटलाई सन् २०१९ मा ब्रेन हेमरेज भयो। त्यही क्रममा उनले एउटा सेमिनारमा मन्तव्य दिइरहेका थिए । कयौं पटक पार्टीको सीमा नाघ्ने गर्थे । त्यसैले पनि विरोध भएको थियो । यही कारणले उनले २०१७ मा पार्टी छाडेका थिए ।  उनी इजरायलका विरोधी र प्यालेस्टाइनका कट्टर समर्थक थिए। यी दम्पतीका तीन सन्तान रहेका छन् ।

नेदरल्याण्डमा इच्छामृत्युः

नेदरल्याण्डमा इच्छा मृत्युको लागि स्वीकृति प्राप्त गरेपछि डाक्टरहरूले सामान्यतया सम्बन्धित व्यक्तिको घरमा अन्तिम मिनेट प्रक्रिया गर्छन्। यस क्रममा बिरामीलाई विशेष प्रकारको इन्जेक्सन दिइन्छ र केही मिनेटमै उनको सास रोकिन्छ।

विशेष कुरा यो हो कि यो मामिला मृत्यु पछि पनि छानबिन हुन्छ। चिकित्सकको अलिकति पनि लापरवाही देखिए १२ वर्षसम्म कैद हुनसक्छ । २०२२ मा नेदरल्याण्डमा कुल ८५०१  मानिसहरूले यस कानूनी विधि मार्फत आफ्नो जीवन बलिदान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह