2026-09-27 03:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

युएईमा बिशाल हिन्दु मन्दिर निमार्ण, आज मोदीले उदघाटन गर्ने

फागुन २, दुबइ | संयुक्त अरब इमिरेटसमा बनेका हिंदू मंदिरको १४ फरवरीमा भारतको पीएम नरेंद्र मोदी उद्घाटन गर्ने भएका छन । 

सो मन्दिर निर्माण संस्था बिएपीएसले आफ्नो आधिकारिक टविटर ह्यान्डलबाट भिडियो सेयर गरेको छ। जहाँ यस भिडियोमा मन्दिरको निर्माण कसरी भयो ? भनेर देखाउने प्रयास गरिएको छ ।

मन्दिर निर्माण गर्ने बापिएस स्वामि नारायण संस्थाले हिन्दु मन्दिरको निर्माण निकै तीव्र गतिमा भएको बताएको छ । कोभिडको समयमा मन्दिर प्रशासनले यूएई र भारतबाट अरब इमिरेट्समा धेरै मानिसहरूलाई मद्दत गरेको थियो ।  मन्दिरको निर्माण सम्पन्न हुनुअघि नै चाडपर्वमा हजारौं मानिस मन्दिर परिसरमा भेला हुन थालिसकेका छन ।

अरब इमिरेट्समा करिब ७०० करोडको लागतमा गुलाबी बालुवा र सेतो संगमरमरले हिन्दू मन्दिर निर्माण गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो मन्दिरको उद्घाटन १४ फेब्रुअरीमा गर्ने छन् । उदघाटन अघि मन्दिरमा विभिन्न अनुष्ठान गरिने छ ।

यो मन्दिर सुरुमा अरब इमिरेट्सको अबु मुरिखा क्षेत्रमा ५.४ हेक्टर जमिनमा बनाइएको थियो । मन्दिर परिसरलाई पछि सामुदायिक हल र पार्किङ क्षेत्रहरू समावेश गर्न १० हेक्टरमा विस्तार गरिएको थियो। मन्दिरमा स्थापित सबै मूर्तिहरू हातले बनाएर कोरिएका छन्।

एक समाचार अनुसार मन्दिर निर्माण गर्ने बिएपिएस स्वामि नारायण संस्थाका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख स्वामी ब्रह्मविहारीदासले भने, ‘सद्भाव र सहिष्णुता युएईको आत्मा हो।’ उनका अनुसार सो मन्दिरले दुई देशबीच शान्ति प्रवर्द्धन गर्ने बताए । यो यूएई र भारत बीचको घनिष्ठ सम्बन्धको प्रतीक पनि हुने उनको भनाइ छ ।

यस मन्दिरको शिलान्यास सन् २०१८ मा प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए, अब उनले नै यस मन्दिरको उद्घाटन पनि गर्नेछन् । सो हिन्दू मन्दिरको उचाइ १०८ फिट रहेको बताइएको छ । मन्दिरमा ४० हजार घनमिटर संगमरमर र १ लाख ८० हजार घनमिटर बालुवा ढुङ्गा प्रयोग गरिएको छ । मन्दिर वैदिक वास्तुकलाको आधारमा डिजाइन गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह