2026-07-30 12:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

५२ वर्षपछि नासाको चन्द्र अभियान, ९ दिन पछि पुग्नेछ चन्द्रमाको दक्षिणी ध्रुवमा

फागुन ४, फ्लोरिडा | अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५२ वर्षपछि फेरि चन्द्रमामा यान सुरु गरेको छ । मिशन अन्तर्गत फ्रेवुअरी १५ मा स्पेस एक्सले चन्द्रमा ल्यान्डर बोक्ने फ्याल्कन–९ रकेट प्रक्षेपण गर्‍यो।

यो रकेटले ओडिसियस ल्यान्डरलाई पृथ्वीको कक्षमा सफलतापूर्वक अलग गर्‍यो। रकेटमा नासाको प्रविधि प्रयोग गरिएको छ । यो अभियानले सन् २०२६ मा मानव अभियानको लागि मार्ग प्रशस्त गर्ने एजेन्सीले आशा राखेको छ।

फ्याल्कन–९ रकेट प्रक्षेपण भएको लगभग ४१ मिनेट पछि यसको इन्जिनहरू एक पटक फेरि सुरु भएका छन, जसले चन्द्रमा ल्यान्डर ओडिसियसलाई चन्द्रमामा लैजानको गति बढाउने छ। आफ्नो रकेटको साथ ल्यान्डर पठाउने संस्था स्पेस एक्सले आफ्नो एक्स ह्यान्डलमा यससँग सम्बन्धित जानकारी साझा गरेको छ। ना

साले निजी कम्पनीको चन्द्रमा ल्यान्डर चन्द्रमामा अवतरण गर्ने भएको छ । यो ल्यान्डर इन्ट्युटिभ मेसिन कम्पनीले बनाएको हो । ल्यान्डरको नाम ओडिसियस ल्यान्डर राखिएको छ ।

स्पेसएक्सका अनुसार ओडिसियस ल्यान्डरलाई आईएम–१ नाम दिइएको छ। स्पेसएक्स रकेट फेब्रुअरी १४ मा प्रक्षेपण गर्ने तालिका थियो तर प्राविधिक समस्याका कारण प्रक्षेपण हुन सकेन। आज फ्रेबुअरी १५ मा फ्याल्कन–९ रकेट सफलतापूर्वक प्रक्षेपण गरिएको हो । अहिलेसम्म सबै संयन्त्रले काम गरिरहेको छ ।

फ्लोरिडामा केनेडी स्पेस सेन्टरको प्रक्षेपणको बारेमा जानकारी दिइएको छ। यदि सबै कुरा ठीक छ भने आइएम ल्यान्डर २२ फेब्रुअरी २०२४ मा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुनेछ।

यो सम्पूर्ण अभियान कुल १६ दिनको हो, अवतरणपछि आईएम–१ ल्यान्डर ७ दिनसम्म चन्द्रमामा सक्रिय रहनेछ र नासासँग महत्वपूर्ण जानकारी आदान प्रदान गर्नेछ । नासा र आईएम कम्पनीले यो ल्यान्डरलाई चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको मालापर्ट क्रेटर नजिक अवतरण गर्न चाहन्छन्। यदि सबै कुरा ठीक भयो भने, आइएम १ ल्यान्डर ९ दिन पछि चन्द्रमाको सतहमा अवतरण हुनेछ। यो अभियान कुल दुई हप्ताको हो किनभने यसकाे दक्षिण ध्रुवमा अन्धकार रहेकाे छ ।

यसअघि सन् १९७२ मा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा पुग्न एपोलो–१७ नामक मिसन प्रक्षेपण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरि आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु सेयर बजार निरन्तर ओरालोतिर रास्वपाको केन्द्रीय समिति बैठक जारी नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने, सन्दीप र सोमपाल बाहिर हुण्डी कारोबारको आरोपमा एक जना पक्राउ ट्रकले ठक्कर दिँदा एक बालकसहित ३ जनाको मृत्यु देश सबैको हो, साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ: रवि लामिछाने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ: अर्थमन्त्री वाग्ले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौदेखिको सम्पत्ति हो, यसलाई बचाउनुर्छ: गगन थापा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ