2026-07-30 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जब ३४० मिलियनको चिट्ठा पर्ने ब्यक्ति भाेलीपल्टै भए कंगाल

फागुन ९, वासिंगटन डिसी । एक क्षणमा व्यक्तिले ३४० मिलियन जित्यो र अर्को क्षणमा त्यो गुम्यो भने के होला ? 

यति मात्र होइन, अब त्यो व्यक्तिले अदालतको चक्कर काटिरहेको छ । जसको मुद्दाको अर्को सुनुवाइ २३ फेब्रुअरीमा हुदैँछ। 

यो चिट्ठा संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसी निवासी जोन चिक्सले जितेका थिए तर कम्पनीले वेबसाइटमा विजेता लटरी नम्बर टाइप गर्दा गल्ती भएको भन्दै पैसा दिन अस्वीकार गरे पछि उनी अदालत पुगेका हो ।

चिठ्ठाको बिजेता अरु कोही भएमा रकम उसैलाई दिइने कम्पनीले जनाएको छ । कम्पनीले पैसा नदिदाँ जोन छक्क परेका छन ।

त्यसपछि जोन चिक्स न्यायको लागि अदालत पुगेर कम्पनीविरुद्ध मुद्दा दायर गरेको  हुन । प्रहरीलाई दिएको उजुरीमा जोनले आफूले ६ जनवरी २०२३ मा पावरबल कम्पनीको लटरी टिकट किनेको बताए । भोलिपल्ट ड्र भयो र २ दिन पछि जब उनले वेबसाइट जाँच गरे, उनलाइ ३४० मिलियन डलरको ज्याकपट थियो। उनले विजयी ड्रको स्क्रिनसट लिए । 

उनी निकै खुसी थिए र यसै खुशीमा उनले आफ्ना साथीहरुलाई पार्टी पनि दिए । भोलिपल्ट उसले कम्पनीमा फोन गरेर चिठ्ठाको पैसा माग्न गएँ तर कम्पनीले गल्तीले तपाईको नम्बर अपलोड भएको र पुरस्कार अरु कसैले जितेको भन्दै दिन अस्वीकार गरिदियो ।

मिडिया रिपोर्टका अनुसार जोनले कम्पनीको अफिसमा गएर आफ्नो लटरीको टिकट अधिकारीहरुलाई देखाए तर उनले नभई अरु कसैले चिठ्ठा जितेको भन्दै अस्वीकार गरेका थिए । अधिकारीहरूले उनलाई चिठ्ठाको टिकट च्यातेर डस्टबिनमा फाल्न भने। जसबाट चिठ्ठा किनेको एजेन्टले पनि टिकट बेकार भएको बताए ।

अन्ततः उसले चिट्ठामा जितेको पैसा प्रत्यक्ष माध्यमबाट प्राप्त गर्न नसक्ने महसुस भयो, त्यसैले उनले कानुनी बाटो लिने निर्णयमा पुगे जोनले पावरबल कम्पनी विरुद्ध ठगी र सम्झौता उल्लङ्घन सहित ८ वटा मुद्दा दायर गरेका छन, जसको अदालतमा सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरि आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु सेयर बजार निरन्तर ओरालोतिर रास्वपाको केन्द्रीय समिति बैठक जारी नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने, सन्दीप र सोमपाल बाहिर हुण्डी कारोबारको आरोपमा एक जना पक्राउ ट्रकले ठक्कर दिँदा एक बालकसहित ३ जनाको मृत्यु देश सबैको हो, साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ: रवि लामिछाने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ: अर्थमन्त्री वाग्ले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौदेखिको सम्पत्ति हो, यसलाई बचाउनुर्छ: गगन थापा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ