2026-09-27 03:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

एलोन मस्कको एक्स मेल (xmail) बनाउने घोषणा गरे, गुगलको जीमेलसँग कडा प्रतिस्पर्धा गर्ने

फागुन १३, काठमाडौं | तपाईले इमेलको लागि कुन प्लेटफर्म प्रयोग गर्नुहुन्छ ? यो प्रश्नको जवाफ दिनको लागि गुगलको जीमेल सेवाको नाम धेरैजसो मानिसको दिमागमा आउने गर्छ ।

किनकि जीमेल संसारको सबैभन्दा लोकप्रिय इमेल सेवा हो। तर, अब विश्वको सबैभन्दा लोकप्रिय माइक्रो ब्लगिङ प्लेटफर्म एक्स (पुरानो नाम ट्विटर) ले इमेल सेवाको मामिलामा गुगलसँग प्रतिस्पर्धा गर्न लागिरहेकाे खबर सार्बजनिक भइरहेकाे छ ।

वास्तवमा गुगलको जीमेलसँग प्रतिस्पर्धा गर्न एक्सले आफ्नो इमेल सेवा एक्समेल लन्च गर्न लागेको छ । एक्सको इमेल सर्भिसको बारेमा विगत केही सातादेखि चर्चा भइरहेको थियो तर अब टविटर (एक्स) को मालिक एलोन मस्कले एक्स को इमेल सेवा चाँडै सुरु हुने पुष्टि गरेका छन् ।

अहिले सम्म प्रयोगकर्ताहरूले संसारको सबैभन्दा ठूलो इमेल सेवा जिमेलका लागि कुनै राम्रो वैकल्पिक विकल्प फेला पार्न सकेका थिएनन् तर अब सायद एक्सले संसारभरका प्रयोगकर्ताहरूको यो कमीलाई भर्न सक्छ। वास्तवमा नेटाका एक एक्सका कर्मचारीले आफ्नो अधिकारीबाट पोस्ट गरे पछि यो तयारी सार्बजनिक भएको थियाे ।

वास्तवमा, पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा एउटा समाचार निकै छिटो फैलिरहेको छ, जसमा गुगलको जीमेल सेवा अर्को वर्ष देखि बन्द हुने बताइएको थियाे । यो खबर फैलिए पछि एक्सले  पनि आफ्नो इमेल सेवा सुरु गर्ने घोषणा गर्‍यो। 

तर, गुगलले साे लगत्तै आफ्नो जीमेल सेवा बन्द हुने हल्लालाई ब्रेक लगाएको छ । जीमेलको आधिकारिक एक्स खाता मार्फत पोष्टमा गुगलले पुष्टि गर्‍यो कि जीमेल सेवा सक्रिय रहनेछ, बन्द हुने छैन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह