2026-09-27 03:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

रूससँगको युद्दमा ३१ हजार युक्रेनी सेना मारिएको तथ्यांक सार्बजनिक

फागुन १४, किभ | रूससँगको जारी युद्दमा युक्रेनका ३१ हजार सैनिक मारिएको तथ्यांक सार्बजनिक भएको छ ।

युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले रुसको पूर्ण मात्रामा आक्रमण सुरु भएदेखि अहिलेसम्म ३१ हजार सैनिक मारिएको बताएका हुन । तर, उनले रुसी सैन्य योजनालाई मद्दत गर्ने भएकाले घाइतेको संख्या भने सार्बजनिक नगर्ने जनाएका छन ।

सामान्यतया, युक्रेनी अधिकारीहरूले युद्धमा मारिएका सेवाकर्मीहरूको संख्या सार्वजनिक गर्दैन थिए तर रूससँगको युद्द सुरू भएको दुइ बर्ष पुगेको अवसरमा उनले यो संख्या सार्बजनिक गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन।

युक्रेनका रक्षा मन्त्री रुस्तम उमरोभले युक्रेनका लागि सबै पश्चिमी सहायतामा ढिलाइ भएको र युद्द ग्रस्त क्षेत्रको खर्च गर्न नपाए पछि ज्यान जोखिममा पर्दै गए पछि यो तथ्यांक सार्बजनिक गर्नु परेको बताएका छन ।

‘अहिले प्रतिबद्धताले युक्रेनका लागि पर्याप्त छैन, त्यसले कुनै काम गर्दैन,’ रुस्तम उमरोभले आइतवार टेलिभिजन सम्बोधनमा भनेका छन। युक्रेनले हाल रुसलाई आफ्नो क्षेत्रबाट धपाउने आफ्नो मिसनमा विभिन्न प्रकारका अवरोधहरू भोगिरहेको छ।

श्री उमरोभले भने कि बैदेशिक सहयोग र आपूर्तिको अभावले युक्रेनलाई युद्धको संख्यामा थप क्षतिमा पुर्‍याइरहेको छ । ‘हामीले सम्भव र असम्भव सबै गर्छौं तर समयमै आपूर्ति नहुँदा यसले हामीलाई हानि गर्छ,’ उनले भने।

जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले नोभेम्बरमा चेतावनी दिएका थिए कि मार्चसम्म १० लाख तोपखाने गोलाहरू उपलब्ध गराउने योजना पूरा हुने छैन।

जनवरीमा, युरोपेली संघले यी मध्ये आधा भन्दा बढी समय सीमामा युक्रेनमा पुग्ने र २०२४ को अन्त्यसम्म पूर्ण प्रतिज्ञा गरिएको रकम त्यहाँ नपुग्ने बताए पछि युक्रेनको अवस्था थप दयनिय हुन सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह