2026-09-27 03:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

श्रीमानले म:म नखुवाएको भन्दै प्रहरीमा उजुरी, हप्तामा दुई पटक खुवाउने वाचा गरेपछि मात्रै उजुरी फिर्ता

फागुन १४, काठमाडौँ | हरेक घरमा कहिलेकाहीँ कुनै न कुनै विषयमा श्रीमान्–श्रीमतीबीच झगडा हुन्छ तर आगराका एक जोडीबीचको झगडाको कारण थाहा पाउँदा तपाईं छक्क पर्नुहुनेछ । श्रीमान श्रीमतीबीच झगडाको कारण हो – मम ।

वास्तवमा आगराकी एक महिलाले आफ्ना श्रीमानलाई बजारबाट मम ल्याउन भनेकी थिइन् । श्रीमानले मम नल्याएपछि दम्पतीबीच झगडा भयो र घटना प्रहरीसम्म पुग्यो ।

मिडिया रिपोर्टका अनुसार श्रीमतीले प्रहरीलाई फोन गरेर मम नल्याएको भन्दै श्रीमानविरुद्ध उजुरी गरिन् । उजुरी पाएपछि प्रहरीले घटनालाई पारिवारिक परामर्श केन्द्रमा पठायो । त्यसपछि परिवार परामर्श केन्द्रका अधिकारीहरूले श्रीमान्–श्रीमतीबीचको विवाद सुल्झाउन दुवैलाई प्रहरी चौकीमा बोलाए ।

पारिवारिक परामर्श केन्द्रमा परामर्श गरेपछि श्रीमान्–श्रीमतीबीच सम्झौता भएको छ । यो सम्झौता अन्तर्गत श्रीमानले आफ्नी श्रीमतीलाई हप्तामा दुई पटक मम खुवाउने वाचा गरेपछि दुईबीचको झगडा समाप्त भयो । ती युवतीले केही दिनअघि युवकसँग विवाह गरेकी थिइन् ।

गत महिना मात्रै पनि भारतको राजधानी दिल्लीमा ममलाई लिएर ठूलो झगडा भएको थियो। मम खाइरहेका एक युवकले थप चटनी मागेपछि पसलेले छुरा प्रहार गरेका थिए । छुरा प्रहार गरी अभियुक्त फरार भएका थिए ।

यो घटना दिल्लीको शाहदरा क्षेत्रमा भएको हो । मम खाइरहेका सन्दीप नामका व्यक्तिले पसले विकाससँग थप चटनी मागेका थिए । यही विषयमा ग्राहकले पसलेसँग झगडा गर्न थाले ।

केही बेरमै झगडा यतिसम्म बढ्यो कि आक्रोशित पसलेले ग्राहकलाई छुरा हाने । यसपछि पसले घटनास्थलबाट भागेका थिए । त्यसपछि घटनास्थलमा उपस्थित मानिसहरूले घाइते युवकलाई नजिकैको अस्पतालमा भर्ना गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह