2026-09-27 03:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अम्बानीका छोराको विवाह समारोहमा रिहानाको सांगीतिक प्रस्तुति, कति लिंदैछिन् पारिश्रमिक?

फागुन १८, काठमाडौँ  | अमेरिकी पपस्टार रिहानाले भारतीय धनाढ्य मुकेश अम्बानीका छोरा अनन्तको प्रि-वेडिङ समारोहमा सांगीतिक प्रस्तुति दिने कुराले विश्व मिडियामा चर्चा पाएको छ । महत्वपूर्ण कुरा उनले पाउने पारिश्रमिकले धेरैको ध्यान खिचेको छ ।

इण्डिया टुडेका अनुसार उक्त निजी समारोहमा प्रस्तुति दिएबापत रिहानाले आठदेखि नौ मिलियन अमेरिकी डलर (६६ देखि ७४) करोड भारु पाउने छिन् । विवाहपूर्वका समारोह मार्च १ देखि आयोजना हुँदैछ ।

प्रि-वेडिङ समारोहलाई ‘एन इभिनिङ इन इभरल्याण्ड’ नाम दिइएको छ । समारोहमा सहभागी हुन रिहाना आफ्नो सांगीतिक समूहसहित बिहीबार गुजरातको जामनगर पुगेकी छन् । त्यता जाने क्रममा उनी विमानस्थलमा देखिएकी थिइन् ।

स्रोतका रिहानाले उक्त समारोहमा ‘डायमण्ड’सहितका हिट गीत गाउनेछिन् । पारिश्रमिकबाहेक अन्य खर्च स्टेज उपकरण, पहिरन र पार्श्व गायनमा खर्च हुनेछ । रिहानाले पछिल्लोपटक सन् २०२३ को सुपर बउलमा प्रस्तुति दिएकी थिइन्, जसलाई १२१.०७ मिलियन दर्शकले हेरेको जनाइएको छ । यो दर्शक संख्या सुपर बउल इभेन्ट्को कीर्तिमानी संख्या हो ।

यसबाहेक उनी अम्बानीको विवाह समारोहमा प्रस्तुति दिने नयाँ अन्तर्राष्ट्रिय कलाकार पनि हुन् । यसअघि इशा अम्बानीको विवाह समारोहमा प्रस्तुति दिएकी बियोन्सेले ४ मिलियन डलर (३३ करोड भारु) पारिश्रमिक लिएकी थिइन् । रिहानाबाहेक दिलजित दोसांझले पनि प्रस्तुति दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह