३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

आणविक युद्दको चेतावनी दिए लगत्तै रूसले गरेको आणविक हतियारको परिक्षण

२० फाल्गुन २०८०, आईतवार ०६:१९

फागुन २०, काठमाडौं |  रुसले फेरि एकपटक पश्चिमी देशलाई आतंकित बनाएको छ । 

रुसको रक्षा मन्त्रालयले आफ्नो यार्स अन्तरमहादेशीय ब्यालिस्टिक आणविक क्षेप्यास्त्रको सफल परीक्षण गरेको घोषणा गरेको छ । क्षेप्यास्त्र परीक्षण गर्नुको कारण क्षेप्यास्त्रको शक्ति परीक्षण गर्नु भएको मन्त्रालयले जनाएको छ । पुटिनले नेटो देशहरूलाई आणविक युद्धको चेतावनी दिएको दुई दिनपछि यो परीक्षण गरिएको हो।


समाचार एजेन्सी तासका अनुसार अनुसार रुसी रक्षा मन्त्रालयले भनेको छ, ‘राज्य परीक्षण कोस्मोड्रोम प्लेसेत्स्कमा योष्कर ओला मिसाइल संरचनाका कर्मचारीहरूले अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल ‘पीजीआरके यार्स’ प्रक्षेपण गरेका छन । यो मोबाइलमा आधारित क्षेप्यास्त्र हो, अर्थात् ट्रकको मद्दतले सजिलै एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिन्छ । यो मिसाइलमा धेरै वार हेडहरू छन्।’

हालै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा पश्चिमा देशहरुको बढ्दो संलग्नता प्रति चिन्ता व्यक्त गरेका थिए । पुटिनले युक्रेनकोतर्फबाट नेटो देशहरू युद्धमा सामेल भए  ‘अन्तर्राष्ट्रिय आणविक युद्ध’को जोखिम बढ्ने बताएका थिए । दुई घन्टाको भाषणमा पुटिनले पश्चिमा नेताहरुलाई लापरवाह र गैर जिम्मेवार भएको बताए । यस क्रममा उनले आणविक द्वन्द्वको वास्तविक खतराबारे चेतावनी दिए। यदि आणविक युद्ध भयो भने यसले ‘हाम्रो सभ्यताको विनाश’ निम्त्याउन सक्ने उनले बताए।

पुटिनले भने,  ‘हामीसँग पश्चिमी क्षेत्रमा आक्रमण गर्न सक्ने हतियार पनि छ । हामीले नेटो देशलाई धम्की नदिई सुझाव दिइरहेका छौं । युक्रेनसँग नाटो देशहरूको सम्बन्धले आणविक द्वन्द्वको वास्तविक खतरा खडा गर्छ, जसको अर्थ हाम्रो सभ्यताको विनाश हुनेछ।’

आरएस–२४ (यार्स) मिसाइल २३ मिटर लामो र मोबाइलमा आधारित बनाइएको छ । रुसको एमआईआरभी यार्स मिसाइल धेरै आणविक हतियार पुर्‍याउन सक्षम छ। यसबाट यो धेरै लक्ष्यहरू प्रहार गर्न सक्षम छ। यो यार्स टोपोल एम मिसाइल प्रणालीको परिमार्जित संस्करण हो।

रूससँग विश्वको सबैभन्दा ठूलो आणविक हतियार भण्डार छ, जसमा करिब ५,८८९ आणविक हतियार छन्। संयुक्त राज्य अमेरिका लगभग ५८८९ आणविक हतियारसँग दोस्रो स्थानमा छ। रूस र संयुक्त राज्य अमेरिका दुवैले विश्वको ९० प्रतिशत आणविक हतियारहरू नियन्त्रण गर्छन्, प्रत्येक देशद्वारा लगभग १६७० रणनीतिक आणविक हतियारहरू प्रयोग गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’