2026-09-27 03:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

आणविक युद्दको चेतावनी दिए लगत्तै रूसले गरेको आणविक हतियारको परिक्षण

फागुन २०, काठमाडौं |  रुसले फेरि एकपटक पश्चिमी देशलाई आतंकित बनाएको छ । 

रुसको रक्षा मन्त्रालयले आफ्नो यार्स अन्तरमहादेशीय ब्यालिस्टिक आणविक क्षेप्यास्त्रको सफल परीक्षण गरेको घोषणा गरेको छ । क्षेप्यास्त्र परीक्षण गर्नुको कारण क्षेप्यास्त्रको शक्ति परीक्षण गर्नु भएको मन्त्रालयले जनाएको छ । पुटिनले नेटो देशहरूलाई आणविक युद्धको चेतावनी दिएको दुई दिनपछि यो परीक्षण गरिएको हो।

समाचार एजेन्सी तासका अनुसार अनुसार रुसी रक्षा मन्त्रालयले भनेको छ, ‘राज्य परीक्षण कोस्मोड्रोम प्लेसेत्स्कमा योष्कर ओला मिसाइल संरचनाका कर्मचारीहरूले अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल ‘पीजीआरके यार्स’ प्रक्षेपण गरेका छन । यो मोबाइलमा आधारित क्षेप्यास्त्र हो, अर्थात् ट्रकको मद्दतले सजिलै एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिन्छ । यो मिसाइलमा धेरै वार हेडहरू छन्।’

हालै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा पश्चिमा देशहरुको बढ्दो संलग्नता प्रति चिन्ता व्यक्त गरेका थिए । पुटिनले युक्रेनकोतर्फबाट नेटो देशहरू युद्धमा सामेल भए  ‘अन्तर्राष्ट्रिय आणविक युद्ध’को जोखिम बढ्ने बताएका थिए । दुई घन्टाको भाषणमा पुटिनले पश्चिमा नेताहरुलाई लापरवाह र गैर जिम्मेवार भएको बताए । यस क्रममा उनले आणविक द्वन्द्वको वास्तविक खतराबारे चेतावनी दिए। यदि आणविक युद्ध भयो भने यसले ‘हाम्रो सभ्यताको विनाश’ निम्त्याउन सक्ने उनले बताए।

पुटिनले भने,  ‘हामीसँग पश्चिमी क्षेत्रमा आक्रमण गर्न सक्ने हतियार पनि छ । हामीले नेटो देशलाई धम्की नदिई सुझाव दिइरहेका छौं । युक्रेनसँग नाटो देशहरूको सम्बन्धले आणविक द्वन्द्वको वास्तविक खतरा खडा गर्छ, जसको अर्थ हाम्रो सभ्यताको विनाश हुनेछ।’

आरएस–२४ (यार्स) मिसाइल २३ मिटर लामो र मोबाइलमा आधारित बनाइएको छ । रुसको एमआईआरभी यार्स मिसाइल धेरै आणविक हतियार पुर्‍याउन सक्षम छ। यसबाट यो धेरै लक्ष्यहरू प्रहार गर्न सक्षम छ। यो यार्स टोपोल एम मिसाइल प्रणालीको परिमार्जित संस्करण हो।

रूससँग विश्वको सबैभन्दा ठूलो आणविक हतियार भण्डार छ, जसमा करिब ५,८८९ आणविक हतियार छन्। संयुक्त राज्य अमेरिका लगभग ५८८९ आणविक हतियारसँग दोस्रो स्थानमा छ। रूस र संयुक्त राज्य अमेरिका दुवैले विश्वको ९० प्रतिशत आणविक हतियारहरू नियन्त्रण गर्छन्, प्रत्येक देशद्वारा लगभग १६७० रणनीतिक आणविक हतियारहरू प्रयोग गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह