2026-09-07 05:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जब ड्राइभरहरु चिया खान झरेको बेला रेल आफैं ८० किलोमिटर गुड्यो…

फागुन २१, जम्मु | भारतमा गत आइतबार एउटा अनौठो घटना भएको छ र ५३ वटा डिब्बा भएको रेल ड्राइभर बिना नै ८० किलोमिटर गुडेको हो।

रेल चालक चिया खानका लागि स्टेशनमा झरेको बेलामा रेल एक्कासी गुडेको हो । ड्राइभर बिनाको रेल ९० किलोमिटर प्रतिघण्टाको गतिमा जम्मुको कठुवाबाट पन्जाबको हासियारपुरसम्मको ओरालोमा गुडिरह्यो ।

पन्जाबमा उकालोमा रोकिने बेलासम्म रेलले ८० किलोमिटर दूरी पार गरिसकेको थियो। रेल आफैं रोकिएका कारण रेलवे कार्यालय र अधिकारीहरुको सावधानीका कारण दुर्घटना पनि हुन पाएन ।

उक्त घटनामा सो रेलका दुईजना चालकसहित ६ जनलाई निलम्बन गरिएको छ र घटनाको अनुसन्धान सुरु गरिएको छ। निलम्बन हुनेमा दुई चालकसँगै स्टेशनका सुपरिटेन्डेन्ट, पोइन्ट म्यान र अर्का अधिकारी छन् । बिहान ७ बजेर २५ मिनेटमा आफै गुड्न थालेको रेल ९ बजेमात्रै रोकिएको थियो । ढुंगा बोकेको उक्त कार्गो रेल डेढ घण्टासम्म आफैं गुडेको भिडियो सोसल मिडियामा भाइरल बनिरहेको छ ।

उक्त डिजेल इन्जिनयुक्त रेलका ड्राइभरहरु कठुवा स्टेशनमा चिया खान झर्ने बेला इन्जिन बन्द गर्न बिर्सेछन् । जसका कारण ड्राइभरहरु बाहिर झरेर चिया पिउँदै गर्दा रेल आफैं गुड्यो र पठानकोटतर्फको ओरालोमा निरन्तर गुडिरह्यो । त्यस अगाडिका हरेक स्टेशनमा रेल रोक्नका लागि काठका मुढाहरु राखिए पनि सफल हुन सकेन ।

करिब ८० किलोमिटर गुडिसकेपछि पन्जाबको उँजी बस्सीको उकालोमा रेलको गति कम भएको बेला एकजना रेल चालक सो रेलमा चढेर आकस्मिक ब्रेक तानेर रेल रोक्न सफल भए ।

त्यसअघि चालक बिना अनियन्त्रित भएर रेल गुडिरहेको सूचना रेलवे कार्यालयले जम्बु जालन्धर खण्डका सबै स्टेशनहरुमा गराएको थियो । त्यसक्रममा उक्त खण्डमा चल्ने सबै रेलसेवा बन्द गरिएको थियो भने सो रेललाई सीधा गुडिरहनका लागि सबै क्रसिंगहरु बन्द गरिएको थियो । साथै रेलमा बिजुली आपूर्ति गर्ने केबलको स्वीच बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ