2026-09-27 03:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

५३ वर्षीय पुरुषको घाँटीभित्र भेटियो ६ सेन्टिमिटर लामो जुका, कसरी पस्यो ?

एजेन्सी | भियतनाममा एक पुरुषको घाँटीभित्र जुका भेटिएको छ । घाँटीमा अप्ठ्यारो महसुस हुन थालेको अनि स्वर पनि धोद्रो आउन थालेपछि सामान्य रुघा खोकी होला भन्ने ५३ वर्षीय ती पुरुषले सोचेका थिए । तर अस्पतालमा उनले कल्पनै नगरेको कुरा थाहा भयो । घाँटीभित्र ६ सेन्टिमिटर लामो जुका थियो ।  

शुरुमा ती पुरुष आफैंले मुख बाएर के भएछ भन्ने पत्ता लगाउने कोसिस गरे । घाँटीको माथिल्लो हिस्सामा खैरो वस्तु टाँसिएको देखेपछि आत्तिएर उनी तत्कालै अस्पतालमा गए । हानोईको नेशनल हस्पिटल अफ इन्डोक्रिनोलोजीमा पुगेर उनले घाँटीमा अप्ठ्यारो भएको अनि बेला बेलामा थुकमा रगत आइरहेको बताए । इन्डोस्कोपी गर्दा घाँटीमा जुका टाँसिएको डाक्टरले देखे ।

एक महिना अघि मुसाको थाप्ने पासो चलाउने क्रममा ती पुरुषलाई चोट लागेको थियो । जडीबुटीको प्रयोगमा विश्वास गर्ने ती पुरुषले घरबाहिर गएर जडीबुटी टिपेर मुखमा हाले अनि चपाएर मसिनो बनाएर घाउमा लगाए । उनको हात त निको भयो । तर नपखालेको पात मुखमा हाल्दा मसिनो जुका मुखभित्र छिर्‍यो । यस्तो खालको घटना दुर्लभ सुन्ने गरिन्छ । सन् २०१९ मा भियतनाममै अर्का एक पुरुषको घाँटीमा पनि जुका टाँसिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह