2026-09-27 02:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

शराब घोटालाः दिल्लीका मुख्यमन्त्री केजरीवाल अदालतमा हाजिर, १५ हजारकाे जमानत

चैत ३, नयाँदिल्ली | मुख्यमन्त्री अरविन्द केजरीवाल हाजिरीका लागि दिल्लीको राउज एभिन्यू अदालत पुगेका छन् । 

बहस सुरु हुनेबित्तिकै उनले जमानत पाएका थिए । उनलाई १५ हजारको व्यक्तिगत धरौटीमा जमानत दिइएको हो । यो मुद्दा ईडी याचिकासँग सम्बन्धित छ। जसमा उनलाई मार्च ७ मा अदालतमा उपस्थित हुन समन जारी गरिएको थियो ।

रुस एभिन्यू अदालतमा शुक्रबारसुनुवाइ भएको थियो । यस क्रममा अदालतले केजरीवाललाई हाजिर हुन भनेको थियो । वास्तवमा दिल्लीका मुख्यमन्त्रीले व्यक्तिगत रूपमा उपस्थित नहुनको लागि छुट मागेका थिए।

ईडीले केजरीवाललाई अहिलेसम्म ८ वटा समन जारी गरेको छ । केजरीवाल एकपटक पनि एजेन्सीमा उपस्थित भएनन् । यसपछि अनुसन्धान एजेन्सीले केजरीवालविरुद्ध अदालतमा दुईवटा उजुरी दायर गरेको थियो।

अदालतको बहसः

अदालतः के अभियुक्त हाजिर छन् ?

गुप्ताः  हो, उनी अदालतमा छन् र तपाईं जमानतको आदेश दिन सक्नुहुन्छ। यसपछि केजरीवाल गएर जिज्ञासा जारी राख्न सक्छन् ।

अदालतः १५ हजार रुपैयाँ धरौटीमा जमानत दिन्छ । केजरीवाल अदालतबाट जान सक्छन् । वकिलहरू अझै अदालतमा उपस्थित हुनुपर्छ।

यति छोटो संबाद भए पछि केजरीवालले जमानतमा रिहा भएका छन् ।

केजरीवालका वकिलका अनुसार मुख्यमन्त्री केजरीवालले ईडीको हरेक समनको जवाफ दिएका छन । 

एएसजी एसभी राजु ईडीको तर्फबाट मार्च १५ मा विशेष न्यायाधीश (सीबीआई) राकेश सायलको एकल इजलासमा उपस्थित भएका थिए। जहाँ केजरीवालका वकिलहरू वरिष्ठ अधिवक्ता रमेश गुप्ता र अधिवक्ता राजीव मोहन थिए। केजरीवालका वकिलहरूले भने कि दिल्लीका मुख्यमन्त्रीले ईडीको हरेक समनको जवाफ दिएका छन्। मुख्यमन्त्रीको जिम्मेवारीका कारण उनी ईडीसमक्ष उपस्थित हुन सकेनन् । अदालतमा उजुरी गर्नुअघि ईडीले केजरीवाललाई कारण देखाउ नोटिस समेत दिएको थिएन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह