2026-09-27 02:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पुटिनसँग तीनजना लडदैँछन राष्ट्रपति निर्वाचनमा, छैटौं पटक राष्ट्रप्रमुख बन्ने लगभग पक्का

चैत ४, मस्को | भ्लादिमर पुटिन छैटौं पटक राष्ट्रपति बन्ने लगभग पक्का भएको छ ।

तीन दिनसम्म चलेको मतदान प्रकिया आज सकिएसँगै आजै साँझ सम्भवतः नयाँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा हुनेछ ।

रूसको राजनीति हेर्दा चुनाव अघि नै पुटिन फेरि राष्ट्रपति बन्ने निश्चित मानिएको छ । वास्तवमा, पुटिन विगत २४ वर्षदेखि रुसको सत्ता र राजनीतिको केन्द्रमा रहेका छन् । पुटिनका धेरैजसो विपक्षी अहिले जेलमा छन् वा निर्वाचन आयोगले उनीहरूलाई चुनावका लागि अयोग्य घोषित गरिसकेको छ। जसका कारण पनि पुटिन छैंटो पकट राष्ट्रपति बन्ने लगभग पक्का भएको हो । 

यस बाहेक पुटिनले सन् २०२१ मा यस्तो कानुन बनाएका थिए, जसअन्तर्गत उनी २०३६ सम्म रुसको राष्ट्रपति रहन सक्छन्। वास्तवमा, २०१८ को चुनावसम्म रूसमा कुनै पनि राष्ट्रपति लगातार दुई कार्यकाल भन्दा बढी राष्ट्रपति रहन नसक्ने संबैधानिक ब्यवस्था थियो । यही कारणले सन् २००० देखि २००८ सम्म राष्ट्रपति भइसकेपछि पुटिनले सन् २००८ मा राष्ट्रपतिको चुनाव लडेका थिएनन् ।

यस पछि उनी सन् २०१२ मा रुसमा फेरि सत्तामा आए । तर, पुटिन सन् २००८–१२ सम्म रुसका प्रधानमन्त्री थिए । तर, हालै संसोधन भएको नयाँ कानुन अनुसार भने पुटिनले लगातार दुई कार्यकाल पूरा गरेपछि पनि चुनाव लड्न सक्ने छन् ।

उता, जारी निर्वाचनमा पुटिन बाहेक  थप ३ जनाले राष्ट्रपतिका लागि उम्मेदवारी दिएका छन ।

रुसको निर्वाचन आयोगको दस्तावेज अनुसार पुटिन स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लडिरहेका छन् । उनीहरुबाहेक कम्युनिष्ट पार्टीका निकोलाई खारिटोनोभ, लिबरल डेमोक्र्याटिक पार्टीका लियोनिद स्लुत्स्की र न्यु पिपुल्स पार्टीका भ्लादिस्लाव दाभान्कोभ राष्ट्रपतिको उम्मेदवार हुन् ।

सबै तीन राजनीतिक दलहरू क्रेमलिन समर्थित पार्टीहरू मानिन्छन्। उनीहरू पुटिनको नीति र युक्रेनविरुद्धको युद्धका समर्थक हुन्। लियोनिद भने अमेरिकाको कट्टर विरोधी हुन् र उनीमाथि यौन शोषणको आरोप लागेको छ । जबकि भ्लादिस्लावले २०२० मा मात्र आफ्नो नयाँ पार्टी बनाएका उम्मेदवार हुन । यो उनको पहिलो चुनाव हो। 

सन् २०१८ को चुनावमा पुटिनले ७६.७५ भोट पाएका थिए भने कम्युनिष्ट पार्टीले ११.८५ भोट प्राप्त गरेका थिए । तर, जारी निर्वाचनमा पुटिनले सो भन्दा बढी मत ल्याउने अनुमान गरिएको छ । युक्रेन बिरूद्द युद्द जारी राखेर उनले राष्ट्रियता बलियो बनाएको र अमेरिकासहित पश्चिमासँग डटेर सामाना गर्ने क्षमता पुटिनसँग मात्रै भएको रूसी जनताले विश्वास गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह