2026-09-27 02:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

दुइ अश्वेत माथी रंगभेद गर्ने ६ गोरा अमेरिकन अफिसरलाइ २० बर्ष जेल

चैत ७, न्युयोर्क | मिसिसिपी यातना मुद्दामा पूर्व प्रहरी अधिकारीलाई २० वर्षको जेल सजाय सुनाइएको छ ।

मिसिसिपीका पूर्व प्रहरी अधिकारी हन्टर एलवर्डले उनीहरूकाे घरमा पुगेर दुई अश्वेत पुरुषलाई यातना दिएको मुद्दामा २० वर्षको जेल सजाय सुनाइएको हो। यसरी जेल सजाय सुनाइएका अफिसरमध्ये एलवर्ड पहिलो नम्बरका हुन्।

समाचार अनुसार उनीहरूले अश्वेत पीडितहरूलाई उनीहरूकाे घरमा पुगेर कुटपिट गरेका थिए भने स्टन गन देखाएर तर्साउने कामसमेत गरेका थिए । त्यती मात्रै होइन, सन २०२३ मा बिना वारेन्ट भित्र पसेका ती गाेरा अधिकारीहरूले यौन दुर्व्यवहारसमेत गरेका थिए, जसमध्ये एकको मुखमा गोलीसमेत लागेको थियो।

सो घटनाकाे भिडियाे सार्बजनिक भए पछि याे ठुलाे बहसकाे बिषय बनेकाे थियाे  । र, दबाब स्वरूप साे गाेरा समूहले पक्राउ गरियाे र गत अगस्टमा संघीय नागरिक अधिकार अपराध गरेकाे उनीहरूले स्वीकार गरेका थिए ।

एल्वर्डको सजायसँगै अन्य पाँच जना क्रिस्टियन डेडमन, ब्रेट म्याकअल्पिन, जेफ्री मिडलटन, ड्यानियल ओपिडके र जोशुआ हार्टफिल्ड पनि रहेका छन् । उनीहरू माथी मानवअधिकार विरुद्धको षड्यन्त्र, न्यायमा बाधा पुर्‍याउने कार्य, कानूनको रंग अन्तर्गत अधिकारबाट वञ्चित गर्ने, हिंसाको अपराध अन्तरगत बन्दुक प्रहार गर्ने र न्यायमा बाधा पुर्‍याउने षड्यन्त्र गरेको जस्ता अभियोग लगाइएको थियो ।  अभियोजकहरूका अनुसार ती अफिसरहरू, जो सबै गोरा थिए, जसले आफूलाई ‘गुन स्क्वाड’ भनेर चिनिन्छन ।

समाचार अनुसार माइकल जेनकिन्स र एडी पार्करको घरमा प्रवेश गर्दा ब्राक्सटनको र्यान्किन काउन्टी शहरमा शंकास्पद गतिविधिको बारेमा जवाफ दिइरहेका थिए। सोही क्रममा दुई जना अश्वेत पुरुषहरूलाई हथकडी लगाइयो र एक घण्टा लामो आक्रमण गरियो । उनीहरूलाई बारम्बार कुटपिट मात्रै गरिएको थिएन, अपशब्द बोल्दै जातीय अपमानको साथ गिल्लासमेत गरिएको थियो ।

सोही क्रममा एल्वर्डले मिस्टर जेनकिन्सको मुखमा गोली हानेका थिए, जसका कारण उनको जिब्रो काटिएको थियो र उनको बङ्गारा भाँचिएको थियो। जसकाे सजायँ अहिले ताेकिएकाे हाे । 

यस मुद्दामा ती ६ जना अधिकारीहरूले अर्का २० वर्षीया गोरालाइ पनि अन्याय गरेका थिए, यो छुट्टै घटनामा दोषी स्वीकार गरेका छन्। उक्त घटनाको विवरण अझै अस्पष्ट छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह