2026-09-27 02:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ, के हो आरोप?

चैत ९, काठमाडौँ | दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ परेका छन् ।  आम आदमी पार्टीका नेता तथा दिल्ली सरकारका मन्त्री आतिशीका अनुसार केजरीवाललाई प्रवर्तन निर्देशालयको टोलीले पक्राउ गरेको हो।

केजरीवाललाई निर्देशनालयको टोलीले बिहीबार साँझ ९ बजे दिल्लीस्थित उनकै घरबाट पक्राउ गरेको हो । साँझ ७ बजेर १० मिनेटमा केजरीवालको घरमा पुगेको निर्देशनालयको टोलीले उनीसँग २ घण्टा सोधपुछ गरेको थियो । उनलाई मदिरा नीति मुद्दामा पक्राउ गरिएको बताइएको छ ।  

के–कस्तो आरोप लागेको छ ?

अन्त:शुल्क नीति परिमार्जन गर्दा अनियमितता गरिएको र इजाजतपत्र धारकहरूलाई अनुचित लाभ दिइएको आरोप सीबीआई र ईडीले लगाएको छ । यसमा लाइसेन्स शुल्क माफ वा कम गरिएको छ । यो नीतिले सरकारी राजस्वमा  १ अर्ब ४४ करोड ३६ लाख भारु घाटा भएको थियो । यस विषयमा छानबिन गर्न सिफारिस गरेपछि सन् २०२२ को जुलाई ३० मा दिल्ली सरकारले नयाँ अन्तःशुल्क नीति फिर्ता लियो अनि पुरानो प्रणालीलाई पुनः स्थापित गरिदियो । 

अन्त:शुल्क विभागका प्रमुख रहेका मनिष सिसोदियाले सन् २०२१ को मार्चमा नयाँ अन्त:शुल्क नीतिको घोषणा गरेका थिए । सोही वर्ष नोभेम्बर १७ मा यो नीति लागू गरिएको थियो ।

नयाँ मदिरा नीतिमा के थियो ?

सन् २०२१ को नोभेम्बर १७ मा दिल्ली सरकारले राज्यमा नयाँ मदिरा नीति लागू गर्‍यो । यसअन्तर्गत राजधानीमा ३२ क्षेत्र बनाएर प्रत्येक क्षेत्रमा बढीमा २७ वटा मात्रै मदिरा पसल खोल्न दिइनु पर्ने थियो । यसरी दिल्लीभर जम्मा ८४९ वटा मात्रै पसल खोलिनु पर्ने थियो । दिल्लीमा ६० प्रतिशत मदिरा पसल सरकारी र ४० प्रतिशत निजीस्तरमा खुलेका थिए । नयाँ मदिरा नीतिले दिल्लीका सबै मदिरा पसलहरूलाई निजी बनाई दियो । यसबाट ३५ अर्ब भारु फाइदा हुने सरकारको तर्क थियो ।

कसरी सुरु भयो जाँच ?

सो प्रकरणमा जुलाई २०२२ मा दिल्लीका तत्कालीन मुख्य सचिवले ‘अन्त:शुल्क नीति’मा अनियमितता भएकोबारे उपराज्यपाललाई एउटा प्रतिवेदन बुझाएका थिए । यस प्रतिवेदनले तत्कालीन उपमुख्यमन्त्री मनिष सिसोदियामाथि नीतिमा अनियमितता गरेको र मदिरा व्यवसायीलाई अनुचित फाइदा दिएको आरोप लगाएको थियो ।

यही रिपोर्टको आधारमा उपराज्यपालले अन्त:शुल्क नीति (२०२१–२०२२) को कार्यान्वयनमा नियमहरुको उल्लंघन र प्रक्रियात्मक त्रुटिको हवाला दिँदै जुलाई २२ मा सीबीआई जाँचको सिफारिस गरियो । यस मामिलामा सीबीआईले सिसोदियासहित १५ जनाविरुद्ध एफआईआर दर्ता गरेको थियो । यसै आधारमा ईडीले सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको थियो ।

यस घोटालामा अहिलेसम्म विजय नायर, अभिषेक बोइनपल्ली, समीर महेन्द्रू, पी सरथ चन्द्र, बिनय बाबु, अमित अरोरा, गौतम मल्होत्रा, राघव मंगुटा, राजेश जोशी, अमन ढाल, अरुण पिल्लई, मनिष सिसोदिया, दिनेश अरोरा, संजय सिंह, के. कविता पक्राउ परेका छन् ।

यो मामिलामा ईडीले केजरीवाललाई १४ पटक सोधपुछका लागि बोलाएको थियो । तर केजवरीवालले सुनेको नसुनै गरेर बसिरहे । अदालतले नै बाटो खोलिदिएपछि अन्ततः बिहिबार केजरीवाललाई पनि पक्राउ गरियो । मदिरा घोटालामा पक्राउ पर्ने केजरीवाल अहिलेसम्मकै हाई–प्रोफाइल व्यक्ति हुन् । आपको प्रशर्दनलाई हेरेर शुक्रवार आईटीओ मेट्रो स्टेसन बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह