2026-09-27 02:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चन्द्रयान-३ ल्यान्डिङ साइटको नाम ‘शिव शक्ति पोइन्ट’

चैत ११, काठमाडौँ । भारतले गत अगस्त २३ मा चन्द्रमाको दक्षिणी क्षेत्रमा सफल अवतरण गराएको चन्द्रयान-३ ल्यान्डिङ साइटलाई ‘शिव शक्ति’ पोइन्ट भनिने भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सो साइटलाई ‘शिवशक्ति प्वाइन्ट’ नामकरण गरेका थिए । सो नामलाई घोषणा भएको करिब सात महिनापछि अन्तर्राष्ट्रिय खगोलीय संघले अनुमोदन गरेको छ ।

चन्द्रयान-३ जुलाई १४ मा बह्र्त्को श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको थियो । विक्रम ल्यान्डरले अगस्ट २३ मा साँझ ६.०४ बजे चन्द्रमामा अवतरण गरेको थियो । तीन दिनपछि, प्रधानमन्त्री मोदी वैज्ञानिकहरूलाई भेट्न इसरो टेलिमेट्री ट्र्याकिङ र कमाण्ड नेटवर्क पुगेका थिए ।

सो अवसरमा मोदीले रेक वर्ष २३ अगस्टमा भारतले राष्ट्रिय अन्तरिक्ष दिवस मनाउने, चन्द्रमामा ल्यान्डर अवतरण गरेको स्थानलाई शिवशक्ति पोइन्ट भनिने र चन्द्रयान-३ को पाइलाको छाप रहेको चन्द्रमाको बिन्दुलाई ‘तिरंगा’ नाम दिइने घोषणा गरेका थिए ।

चन्द्रयान–३ मिसनका तीन भाग थिए । प्रोपल्सन मोड्युल, ल्यान्डर र रोभर । तिनीहरूमा कुल ७ पेलोडहरू स्थापना गरिएको थियो । चन्द्रयान-३ को प्रोपल्सन मोड्युलमा शेप नामक पेलोड राखिएको थियो। यो चन्द्रमाको कक्षमा परिक्रमा गरेर पृथ्वीबाट आउने विकिरणको अनुसन्धान गर्न बनाइएको हो ।

चन्द्रयान–३ ले ४० दिनमा पृथ्वीको २१ पटक र चन्द्रमाले १२० पटक परिक्रमा गरेको थियो । चन्द्रयानले ५५ लाख किलोमिटरको यात्रा गरी ३.८४ लाख किलोमिटरको दूरी चन्द्रमासम्म पुर्याएको थियो ।

भारतले चन्द्रयान–१ सन् २००८ मा प्रक्षेपण गरिएको थियो । यसमा एउटा प्रोबको क्र्यास ल्यान्डिङ गरिएको थियो जसमा चन्द्रमामा पानी भेटिएको थियो । त्यसपछि २०१९ मा चन्द्रयान-२ चन्द्रमाको नजिक पुग्यो, तर अवतरण गर्न सकेन। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह